
चैत ११, काठमाडौं : कोरो’ना महामा’रिको कारण कोरियामा नयाँ श्रमिक भित्र्याउन रोकिएको प्रक्रिया सुरु भए पनि सहज नभए पछि कोरियामै काम गरिरहेका श्रमिकहरुको भिसा एक बर्ष थप गरिने भएको छ ।
श्रमिकहरुको गन्तव्य मुलुक कोरियाले नयाँ श्रमिक लैजाने प्रक्रिया सुरु गरेर भाषा परिक्षाको तयारी गरिरहेको अबस्थामा त्यहाँ रहेका पुराना श्रमिकहरुका लागि काम गर्न सक्ने थप समय दिने भएको छ ।
रोजगार अनुमति प्रणाली इ.पि.एस मार्फत दक्षिण कोरिया गइ श्रम गरिरहेका नेपाली सहित सम्पुर्ण देशका आप्रवासी श्रमिकहरुको भिसा अब’धि थप गर्ने निर्णय दक्षिण कोरियाले गरेको छ ।
दक्षिण कोरिया सरकारले त्यहाँ श्रम गरिरहेका मध्ये सन् २०२२ अप्रिल १३ देखि डिसेम्बर अन्तिम सम्ममा भिसा सकिने नेपाली सहित सम्पुर्ण प्रबासी श्रमिकहरुको भिसा एक बर्ष थप गरेको जनाएको छ ।
निर्णय अनुसार इपिएस प्रक्रिया मार्फत दक्षिण कोरिया इ.आइ.नौ भिसामा श्रम गरि भिसा सकिन लागेका श्रमिकहरुले थप एक बर्षको भिसा प्राप्त गरि कोरिया मै श्रम बेच्न पाउने भएका छन ।