
चैत ११, काठमाडौं : केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको १५ पृष्ठको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा जित्ने आधार प्रस्तुत गरिएको छ ।
ओलीले आफू नेतृत्वको सरकारले गरेको कामहरूको विवरण प्रस्तुत गर्दै चुनाव जित्नका लागि १८ बुँदे आधार प्रस्तुत गर्नुभएको छ ।सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य र हिं-साको शान्तिपूर्ण अवतरणजस्ता
राजनीतिक समस्याको समाधानमा आफ्नो सरकारले ठूलो सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख छ ।
पार्टीका सही सिद्धान्त, कार्यदिशा, नीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा खेलेको
प्रभावकारी भूमिका, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिवृद्धिका लागि गरेको असाधारण योगदान दिएको भन्दै प्रतिवेदनमा समावेश गरिएको छ ।
केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा खेलेको महत्वपूर्ण भूमिका, प्राप्त गरेका उपलब्धि र तिनले समाजमा ल्याएको परिवर्तन, स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन पार्टीले २०४७
सालदेखि नै खेलेको भूमिका, राज्यका हरेक अंगमा न्यूनतम एक तिहाइ महिला सहभागिताका लागि पार्टीको नेतृत्वदायी योगदान जितको आधार भएको प्रविदेनमा भनिएको छ । – पुजा शर्मा