
काठमाण्डौ : नेपालको संघीय राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदू-षित शहरभित्र परेको छ । वायु गुणस्तर बारे अनुगमन गर्ने स्विस कम्पनी आइक्यु एयर ले सार्बजनिक
गरेको वर्ल्ड एयर क्वालिटि रिपोर्टको सूचीमा काठमाण्डौ विश्वको छैठौँ प्रदू-षित शहरमा परेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रदू-षित देशको सूचीको दशौँ नम्बरमा छ ।
तथ्यांक अनुसार भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदू-षित राजधानी शहर बनेको छ । त्यस्तै, देशका हिसाबले बंगलादेश पहिलो सूचीमा छ ।एक सय १७ देशका ६ हजार ४ सय ७५ शहरको वायु गुणस्तर तथ्याङ्कमा आधारित प्रतिवेदनले सन् २०२१ मा
विश्वव्यापी वायु गुणस्तरको एउटा सारांश प्रस्तुत गरेको छ । कम्तीमा ९३ शहरहरूको पीएम २ दशमलव ५ तह विश्व स्वास्थ्य संगठन डब्लूएचओले सुझाव दिएकोभन्दा १० गुणा बढी पाइएको थियो ।