
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफू भूइँबाट उठेर नेतृत्व तहमा पुगेकाले आम नागरिकका समस्या बारे जानकार रहेको बताउनुभएको छ ।
आज सुनसरीको बराहक्षेत्र नगरापालिकामा आयोजित आमसभालाई सम्बोधन गर्न आइपुग्नु भएका उहाँले यस्तो बताउनुभएको हो । ‘म भूइँबाट उठेको मान्छ हुँ’, अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘भूइँका मान्छेहरुको समस्या के छ,
उनिहरु आफ्नो नेताबाट आफ्नो पार्टीबाट के चाहन्छन् त्यो कुरा मैले बुझेको छु ।’ अन्य पार्टीका नेताहरुले राजनीतिलाई पेशा बनाएको उहाँको आरोप छ ।उनिहरुको जस्तो आरामको जिन्दगी हुन्छ भन्ने सोचले आफू राजनीतिमा नआएको उहाँको भनाइ छ ।
आफू राजनीतिमा आउनुको कारण देश र जनाताका हितमा काम गर्नु रहेको उहाँको भनाइ छ । ‘अरुले राजनीतिलाई पेशा व्यवसाय बनाएर मोजमस्ति गरेको देखेर म पनि गरौँ भनेर लागेको मान्छे होइन’, उहाँले भन्नुभयो, ‘राजनीति देश सेवको एक सर्वोत्तम माध्यम हो ।
त्यो माध्यमको उपयोग गरेर हाम्रो देशलाई पनि अरु देश जस्तै बनाउन सकिन्छ, हाम्रै जीवनकालमा यो नेपाल भन्ने देशलाई समृद्ध देश बनाउन सकिन्छ भनेर राजनीतिमा लागेको मानिस हूँ ।’ अहिलेका नेताहरु इमान्दार र नियतिमा खोट लगाएकोतर्फ संकेत
गर्दै उहाँले आफू इमान्दार र नियत सफा रहको बताउनुभयो ।
यी दुईलाई उहाँले सम्पतीको रुपमा लिएको सुनाउनुभयो । उहाँले ‘यो राजेन्द्र पनि चोरै रैछ’ भन्ने वातावरण नबनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।