२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

ज्ञानेन्द्र शाही भन्नुहुन्छ – बिदेशी दलालको मार्क्सवाद र लेनिनवाद होइन नेपालवाद चाहिएको छ ।

काठमाडौं : राप्रपाका प्रबक्ताले आज नेपाल एकिकरणको सुरुवात भएको स्थान गोरखाको भूमिबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएका छन् ।

पार्टीको कार्यक्रममा अध्यक्ष लिङदेनसहित अन्य पदाधिकारी गोरखा पुगेका शाहीले सार्बजानिक रुपमै पृथिवीनारायण शाहलाई सम्झिएर श्रद्दा ब्यक्त गरेका छन् ।

उनले भने– ‘यो मुलुकको निर्माण कसैले गरेको हो भने त्यो एक मात्र व्यक्ति पृथ्वीनारायण शाह हो । जसका कारणले आज हामी शानसंग नेपाली हुँ भनेर हिंड्न पाएका छौं यदि पृथ्वीनारायण शाहले यो मुलुकको एकीकरण नगर्दिनुभएको भए

हामी भारत र चीनका गुला’म भैसक्ने थियौं ।
हामीलाई दुनियाँमा फेल भैसकेको कुनै बिदेशी दलालको मार्क्सवाद र लेनिनवाद चाहिएको होइन,

हामीलाई त पृथ्वीनारायण शाहको पथमा अधिन रहने नेपाल सुहाउने ब्यबस्था नेपालवाद चाहिएको हो । अब कुनै बिदेशी इसारामा चल्ने बिदेशीवाद भन्दा हामीलाई नेपालवाद चाहिएको शाहीले बताए ।

यदि यो मुलुक जोगाउने हो भने हामी पृथ्वीनारायण शाहको पथमा लागौं, कार्यक्रममा बोल्दै शाहीले भनेका छन्– पृथ्वीनारायण नारायण शाहको दिब्य उपदेश नै यो मुलुक सुहाउँदो अर्थ राजनैतिक सिद्धान्त हो । -दैनिक न्युज नेपाल मा खबर छ ।

२०७८ चैत्र ११, शुक्रबार प्रकाशित 1 Minute 221 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।