२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अध्यक्ष लिङ्देन भन्नुहुन्छ – गलत नेता र पार्टी छान्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस् ।

गाेरखा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आज बिहीवार आयोजित आमसभामा उहाँले जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गर्नुभयो ।

आउँदाे वर्ष हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गर्नुभयो । ‘गलत नेता र पार्टीको चयन गर्दा देशले दुःख पाउँछ, सोचेर भोट दिनुस्’, उहाँले भन्नुभयो ।

थप समाचार, चलचित्र क्षेत्रका चर्चित अनुहारहरु धमाधम राजनीतिमा लाग्ने क्रम चल्न थालेको छ । कतिपयले पार्टी परिवर्तन र प्रवेश नै गर्न थालेका छन् ।

करिश्मा मानन्धरले नयाँ शक्तिबाट राजनीति सुरु गरेपनि उक्त पार्टी त्यागेर बसेकी थिइन् । यसै हप्ता नेकपा एमालेमा प्रवेश गरेकी छिन् । कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेपनि पछि एमाले प्रवेश गरिन् ।

रेखा थापा नेकपा माओवादी केन्द्र हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरिन् । पुराना कलाकार शिव श्रेष्ठ राजसंस्थाको पक्षमा खुलेका छन् । रवीन्द्र खड्का राजसंस्थाको पक्षमै निरन्तर देखिन्छन् ।

अभिनेता भुवन केसी कुनैबेला राजावादीसँग नजिक थिए । पछिल्लो समय उनी नेकपा एमालेमा छन् । तर, केसीलाई एमालेबाट अलग बनाउन एउटा समूह नै लगेको छ ।

भुवन केसीलाई राप्रपामा भित्राउने तयारी भइरहेको छ । विश्वस्त स्रोतका अनुसार राप्रपाका केही नेताहरुले भुवन केसीलाई पार्टीमा ल्याउन खोजेका छन् । उनीहरुले केसीलाई काठमाडौंमा महत्वपूर्ण पदमा उम्मेदवार बनाउने गरी तान्न खोजेका हुन् ।

२०७८ चैत्र ११, शुक्रबार प्रकाशित 0 Minutes 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।