२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

१२६ नेपालीहरु साउदीमा अलपत्र !

मार्च २५, साउदी अरब : रोजगारीका लागि साउदी अरब पुगेर अलपत्र परेका १२६ नेपाली युवाको अझै उ’द्धार हुनसकेको छैन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसीज प्रालीमार्फत ५० दिनअघि उनीहरू साउदी पुगेका थिए।

अलपत्र कामदारले सम्झौता अनुसारको काम र तलब नपाएपछि करिव १८ दिनदेखि उद्धा’रको पर्खाइमा बसेका छन्। अलपत्र परेकामध्ये एक विनोद दहालका अनुसार अहिलेसम्म उनीलाई म्यानपावर सञ्चालकले आश्वासन मात्र दिएको छ। उनीहरुलाई ब्लु ग्यालेक्सीले चर्को शुल्क लिएर साउदीस्थित इस्टन

कन्टक्सन मेनटीनेन्स कम्पनीमा पठाएको थियो। ब्लु ग्यालेक्सीका रमेश अमगाइन र हिमहरि अर्याललाई प्रतिव्यक्ति १ लाख ८० हजारदेखि २ लाखसम्म बुझाएर उनीहरू साउदी पुगेका थिए। ब्लु ग्यालेक्सीले साउदी आर्मी क्याम्पभित्र क्लिनर र गार्डेनको कामका लागि भनेर साउदी पठाएको थियो।

तर, त्यहाँ पुगेपछि सडक सरसफाइको काममा लगाएको उनीहरूले गुनासो गरेका छन्। यसअघि मेनपावरका संचालक अर्यालले केही नेपालीलाई स्वदेश फर्काएको र बाँकी रहेका नेपालीको समस्या समाधान गर्न आफू चाँडै साउदी जान लागेको बताएका थिए।

मिडियामा बोल्नेलाई मात्र स्वदेश फर्काएर आफूहरुलाई सौतेनी आमाको व्यवहार गरेको पीडितको गुनासो छ। हामी करिव दुई महिना भयो यहाँ आएको मेनपवारले राम्रो कम्पनी भनेर पठाएको थियो, तर यहाँ आइपुगेपछि सम्झौता अनुसारको काम र तलब पाएनौ’, अर्का युवा सुजन तामाङले भने, ‘जो टाठो बाठो थिए उनीहरु नेपाल फर्किसके, हामी सोझा साझालाई म्यानपारवले वेवास्था गरेको छ।’

म्यानपावर संचालक अर्यालले आफूलाई आज आउछु, भोली आउछु भन्दै हप्तौ दिनसम्म पनि नआएको उनीहरुको भनाइ छ। विगत १८ दिनदेखि उद्धारको पर्खाइमा रहेका उनीहरु क्याम्प नम्बर १७ मा २८ जना र क्याम्प नम्बर १८ मा ९८ जना सबेका छन्।

लामो समयदेखि काम बिहीन भएर बस्दा खानाको लागि समस्या भएको भन्दै उनीहरुले तत्काल उद्धार गरिदिन सम्बन्धित निकायलाई अनुरोध गरेका छन्।

नाम मात्रको दूतावास

पी’डितले रियादस्थित नेपाली दूतावासलाई पनि पटक–पटक आफूहरु समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन्। तर, कुनै सुनुवाइ नभएको उनीहरुको गुना’सो छ।

समस्यामा परेका नेपालीलाई सहयोग गर्न खोलिएको दूतावास आफूहरु समस्यामा पर्दा पनि मुखदर्शक भनेको उनीहरुले आ’रोप छ। अल-पत्र परेका नेपाली अहिले अलिअलि भएको पैसाले सुक्खा रोटी र पानी पिएर रातदिन कटाइरहेका छन्। योगेन्द्र योगी खबर हब मा समाचार छ ।

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।