२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

विमानस्थलमा आफन्त कुर्न आउँनेले सय रुपैयाँ शुल्क तिर्नुपर्ने !

चैत १०, बिनिता तिम्सिना -काठमाडौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त कुर्न आउँदा आउँने यात्रु कुरुवाहरुलाइ अब शुल्क लाग्ने भएको छ।

त्रिभुवन विमानस्थलले नयाँ आगमन कक्षको जिम्मा आइ एम एस ग्रुप लाइ दिइएको छ, जस्ले पचास र सय गरि २ ओटा शुल्क तोकेको छ। जस्मा कुरुवा हरुले सुपेरियर कक्षका लागि पचास र डिलक्स कक्षका लागि सय रुपैयाँ तिर्नु पर्ने छ ।

बिदेशबाट आउने आफन्त कुर्दा सम्म पनि शुल्क तिर्नुपर्ने कुराले जनमानसमा आलोचना भइरहेको छ । बाहिर रहेको खुल्ला परिसर जहाँ सामान्यतया मानिसहरु आफन्त कुर्न लाइ बस्छ्न, उक्त ठाँउ लाई ब्य्बस्थित गर्नुको सट्टा पैसा वाला भिआइपि

हरुको सुबिधालाई मध्यनजर गरेर ‘ वेटिङ रूम ‘ संचालन गरि शुल्क लिने कुरा गलत भएको कुरुवा हरुको धारणा रहेको छ । त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौला भन्नुहुन्छ ।

लामो समय सम्म उभिनु पर्दा बालक, वृद्ध , बिरामीहरुलाइ असहज हुन्छ त्यस्को लागि बाहिर बस्ने स्थानको ब्यबस्थापन गर्नु पर्ने समितिको सुधारक पक्ष हो , तर सुबिधा खोज्ने र पैसा तिर्न सक्ने हरुका लागि प्रतीक्षालयको ब्यबस्थापन गर्नु नराम्रो कुरा चै पक्कै होइन ।

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।