२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

गोरखामा कांग्रेस प्रवेश गर्नेको लर्को !

गोरखा : नेपाली कांग्रेसका लागि गोरखा उर्भर भूमि बन्ने लक्षण देखिन थालेको छ। हुन त गोरखा कांग्रेसको प्र’भाव भएकै स्थान पनि हो। तर द्व’न्द्वकालमा माओवादीको आ’तंकका कारण धेरै खुल्न सकेनन्।

पछिल्ला दिनमा गोरखाको क्षेत्र नम्बर २ को (ख) बाट प्रदेश सभामा निर्वाचित कांग्रेसका सांसद् प्रकाशचन्द्र दवाडीको सक्रियतामा सिंगो गोरखा कांग्रेसमय बन्ने अन्तिम चरणमा छ।
विकाशवादी सांसदका रुपमा काम गरेरै स्थापित भएका

दवाडीले अचेल हरेकदिन जसो दर्जनौलाई कांग्रेस प्रवेश गराउने गरेका छन्। घर(घर जाउँ कांग्रेस जिताऔ अभियान भन्दा दुई कदम अगाडी बढेर सांसद दवाडीले गोरखाको क्षेत्र नम्बर २ को ख कांग्रेसमय बनाएको रेकर्ड स्थानीय प्रशासनले गृह

मन्त्रालयमा नै पठाएको बुझिएको छ। जनताको सुख दुखैमा रमाउन सांसद दवाडीले आफ्नो क्षेत्रमा भौतिक संरचना उत्तिकै निर्माण गराएका छन्।

अस्ति बुधबार मात्र गोरखाको वारपाक सुलिकोट गाउँपालिका ८ पन्द्रुङको जराङमा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सांसद् दवाडीले दर्जन माओवादी कार्यकर्ता कांग्रेस भित्र्याएका थिए ।

वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा माओवादीका नेता नीरबहादुर गुरुङले ‘जय नेपाल’ भन्दै दवाडीले गरेको विकाशको तारिफ गर्दै कांग्रेस हुन पाउँदा गर्ब लागेको बताएका थिए।

गुरुङले नेकपा माओवादीले कम्युनिष्टको खोल ओढेर केवल भ्रमकै खेती गरिरहेको र समाज विकासमा कुनै भूमिका खेल्न नसकेको भन्दै दवाडी बाट सबै नेताले सिक्नुपर्ने बताएका थिए। उनले माओवादीले सहिदको नाउँ बेचेर पार्टीलाई कमाई खाने भाँडो बनाएको, सहिदलाई देखाएर धोका दिएको भन्दै उछितो समेत काढे।

आज चैत ६ गते पनि सांसद दवाडीले गोरखा जिल्ला बारपाक सुलीकोट गाउँ पालीका वाड न ४ सौर्पानी स्थीत नाल्पाङ जौबारीमा नेपाली कांग्रेस वडा कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा तीन दर्जन बढीलाई कांग्रेस प्रवेश गराएका छन्। गोरखामा कांग्रेस प्रवेश गर्नेको लर्को नै लागेको छ।-नयाँ पत्रीका

२०७८ चैत्र १०, बिहीबार प्रकाशित 1 Minute 134 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार