
चैत ९, काठमाठौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता ज्ञानेन्द्र शाहीले चुनावमा कांग्रेस, एमाले र माओवादीको पैसा खाएर राप्रपालाई भोट हाल्न अनुरोध गरेका छन् ।
उनले भने– चुनावमा कांग्रेस र कम्युनिष्टले पैसा बाड्छन् तिनिहरुसंग पैसा जति पनि छ टन्नै पैसा छ, त्यही भएर तीनको पैसा मज्जाले लिने दश–दश जनाको ‘ग्रुप’ बनाउने बिस–बिस जनाको ‘ग्रुप’ बनाउने बिस जनाको गर्दा खेरी
एक लाख रुपैयाँ दिन्छ भने चालीस जना बनाएर दुई लाख रुपैयाँ अ’सुल्ने तर भोट राप्रपा पार्टीलाई हाल्ने त्यसका लागी तपाईहरुलाई हार्दिक अनुरोध गदर्छु । राष्ट्रिय प्रजातन्त्र पाटी यो गाउँपालिकाबाट खडा हुने वडा सदस्य होस् वडा अध्यक्ष अर्थात यहाँको नगरपालिकाको अध्यक्षलाई मेरो अनुरोध छ ।
तपाई एक रुपैयाँ पैसा खर्च गरेर चुनावमा जाने होईन बरु चुनाव हारे हारिन्छ । किनकि शुशासन जिन्दगी भरि राजनीतिमा कायम हुन्छ । त्यसैले दश वर्ष पछाडि यसको ‘होवेट’ गर्नुस, म सबैलाई भन्न चाहान्छु अहिलेका नेताहरुले एउटा कुरा सोचेछन् ।
यी नेताहरुलाई म भन्न चाहान्छु तिमीले केही व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी आफ्नो दास बनाउन सक्छौ, तर सबै व्यक्ति सधै दास हुर्दैनन् अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले यो लहर सुरु गरेको छ । कांग्रेस, एमाले र कम्यु-निष्टमा आस्था भएका साथीहरुलाई स्वतन्त्र व्यक्तिहरुलाई हामी हाम्रो पार्टीमा स्वागत गर्ने चाहान्छौ ।
अहिले धेरैले भने हामीहरुलाई यिनीहरु धर्मको कुरा गर्छन् ।
यिनीहरु हाम्रो पार्टी वि-रोधी हुन्, यिनीहरु व्यक्ति वि-रोधी हुन्, हामी न त पार्टी वि-रोधी हौं । हामी विपीको सि-द्धान्त बेचेर खाने नवकांग्रेस विरोधी हौ हामी, हामी पुष्पलाल र मदन
भण्डारीको सिद्धान्त बेचेर खाने कम्यु-निष्टका वि-रोधी हौ ।
हामी, प्रवित्र मार्सलको सिद्धान्त बेचेर खाने माओवादीको वि-रोधी हौ त्यो पार्टी भित्रका असल कार्यकर्तालाई हाम्रो पार्टीमा हार्दिक स्वागत छ । हाम्रो पार्टीमा भएका खराब कार्यकर्तालाई तीनको पार्टीमा जानका लागि हार्दिक अनुरोध पनि गर्दछु । -दैनिक न्युज नेपालमा समाचार छ ।