२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

बिदेश बाट फर्किने आफन्त कुर्दा पनि पैसा लाग्ने, ५० र १०० को टिकट !

चैत ९, काठमाडौं : साउदी अरेबियाबाट फर्किंदै गरेकी नातिनी लिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको लामो टहरामा नुवाकोटकी ६९ वर्षीया कान्छीमाया दोङलाई आधा घण्टाभन्दा बढी उभिन समस्या पर्‍यो ।

आगमन कक्षको एउटा प्रतीक्षालयमा मान्छेहरु बसिरहेको देखेपछि त्यतै जान लाग्दा सेक्युरिटी गार्डले दोङलाई रोक्दै भने, ‘कुर्सीमा बस्ने भए टिकट काटेर आउनुस्’ ।
विमानस्थलमा यसअघि पनि नातिनी लिन पटक–पटक

आउँदा उनलाई टिकट काटेर प्रतीक्षालयमा बस्नु परेको थिएन । उनी टिकट काउन्टरमा पुगेर टिकट माग्दा सोधियो, ५० रुपैयाँको लिने कि एक सयको ? ‘नातिनीले ट्याक्सी चढ्न एक हजार जति ल्याउनु भनेकी थिई, त्यही भएर धैरै पैसा बोकेर आइनँ’ उनले अनलाइनखबरसँग गु-नासो पोख्दै भनिन्,

अब एयरपोर्टमा आफ्ना मान्छे कुर्न पनि सय रुपैयाँ चाहिने भएछ । ’उनी त्यसपछि फेरि त्यही लामो टहरोको भीडमा गएर उभिइन् । पैसा हुनेहरु टिकट काट्दै प्रतीक्षालयमा पुगिरहँदा दोङको अनुहार भने मलिन थियो ।

त्रिभुवन विमानस्थलमा करिब ३ महिनादेखि आगमनतर्फ जाने यात्रुलाई प्रतीक्षालयमा बस्नका लागि शुल्क लिन थालिएको छ । त्रिभुवन विमानस्थलले आगनतर्फको भागको व्यवस्थापन ‘आईएमएस एयरपोर्ट सर्भिस’लाई जिम्मा लगाएपछि त्यहाँ जाने यात्रुका आफन्त तथा साथीभाइ अनेक बहानामा ठगिन थालेका छन् ।

कम्पनीले ‘सुपररियर’ र ‘डिलक्स’ रुम छुट्याएर शुल्क तिर्नेहरुलाई आगमन कक्षको भित्रैसम्म जान दिने गरेको छ । प्रतिव्यक्ति सय रुपैयाँ तिर्नेहरुले त यात्रुलाई आगमन कक्षको भित्री भागसम्मै पुगेर स्वागत गर्न पाउँछन् । -यो समाचार अनलाइन खबरमा छ ।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 1 Minute 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार