२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

केपी ओलि भन्नुहुन्छ – “लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नैपर्छ”

चैत ९, बिनिता तिमिल्सिना – काठमाडौ : बुधबार भएको नेकपा केन्द्र कमिटीको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आ-न्दोलनको रक्षा गर्न एमालेले

आगामी चुनाव जित्नुपर्ने बताएका छन् । आज बबरमहलमा सम्पन्न बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताउनु भएको छ । ‘हामी वामपन्थी मात्र नभई लोकतान्त्रिक आ-न्दोलनको मूलधार

बोकेको पार्टी हो भन्न कुनै गाह्रो मान्नुपर्दैन’, अध्यक्ष ओलीले भन्नुभयो । बैठकमा अध्यक्ष ओलिले अहिले लोकतन्त्र र प्राप्त उपलब्धी रक्षा गर्नुपर्ने खास परिस्थिति रहेको बताउनु भयो । ‘लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि

नहुने भन्ने मूख्य कुरा हो’, उहाँले भन्नुभयो ।
अध्यक्ष ओलीले लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जि-त्नुपर्ने बताउनु भयो ।

‘सुखी नेपाल, समृद्ध नेपालको अभिभारा पूरा गर्ने दायित्व हामीसँग छ, लोक-तन्त्र बचाउन , न्यायिक समाजको स्थापना गर्न नेकपा एमालेले चुनाव जित्नै पर्ने धारणा अध्यक्ष ओलीले ब्यक्त गर्नुभएको थियो ।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 1 Minute 151 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।