२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

मन्त्री आले र श्रेष्ठको एमालेमै फर्कने चेता-वनी पछि पद सुरक्षित !

चैत ९, काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानले नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने चेता’वनी दिएपछि तत्कालका लागि माधवकुमार नेपालले सरकारमा

सहभागी मन्त्री नफर्ने भएका छन । सरकारमा सहमागी गराउँदा नै ६ महिनाका लागि भनेर पठाइएकोल भए पनि उनीहरूकै बलमा पार्टी फोडेका माधव नेपालले फेरि उनीहरूले छाड्दा सडकमा पछारिने भएपछि सरकारबाट फिर्ता नबोलाउने नपर्णय लिएका छन ।

सोमबार माधव नेपालले साँखुमा भएको एउटा कार्यक्रममा पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । उनले मन्त्री फेर्ने छलफल चलाएपछि मन्त्रीहरू श्रेष्ठ र आले एमाले अध्यक्ष केपी शर्मा ओलीकोमा धाउन थालेका थिए । त्यसपछि सशंकित बनेका नेपालले उनीहरूले समाजवादी

पार्टी नै फोरेर एमालेमा जाने चेतावनी दिएपछि आफ्नो नीतिमा परिवर्तन गरेका हुन । उनले मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उनले बताए ।

एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री सहित भवानी खापुङ राज्यमन्त्री रहेका छन् । -दैनिक न्युज नेपालमा समाचार छ ।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।