
चैत ९, काठमाडौं : नेपाली सिनेमा जगतकि चर्चित सिने अभिनेत्री करिश्मा मानन्धर कलाकारिताका क्रममा सुटिङलाई थाँती राखेर हिजो पार्टी प्रवेश गरेकी थिइन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा उनको भब्य स्वागत गरेपछि , मन्तव्यका क्रममा पनि आफुले कार्यक्रमपछि पुनः सुटिङमा जानुपर्ने भएकाले हतारोमा रहेको जनाउ दिएकि थिइन् ।
अभिनेत्री मानन्धर एमालेमा आउने भन्ने सूचनाले कार्यक्रमस्थलमा पत्रकार र पार्टीका कार्यकर्ताको घुइँचो लागेको थियो । अभिनय यात्रामा व्यस्त कलाकार मानन्धरलाई स्थानीय निर्वाचनको सम्मुखमा किन एमालेमा प्रवेश गर्नुपरेको होला ?
विगतमा डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपालमा प्रवेश गरेकी करिश्मालाई एमाले के कारणले मन परेको हो ? मानन्धरले आफ्नो मन्तव्यमा यी प्रश्नको लिखित जवाफ दिएकी छन्।
एमाले रोज्नुको पहिलो कारण अध्यक्ष रहेको उनले बताइन् । मानन्धरले अध्यक्ष ओली जनताका लागि पथ प्रदर्शकको भूमिकामा रहेको र राजनीतिमा सधैँ सक्रिय रहेको बताएकी थिइन् ।
मानन्धरले एमालेले समानता र सामाजिकमा न्यायमा आधारित रहेर परिवर्तन र समृद्धिको एजेण्डा स्थापित गर्ने प्रयास गरेको बताउँदै आफू एमालेमा कुनै पद र अवसरको सौदाबाजीका लागि नआएको पनि स्पष्ट गरेकि थिइन् ।