२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

करिस्मा मानन्धर एमाले प्रवेश गर्दै !

चैत ८, काठमाडौँ : समाजवादी जनता पार्टी (सजपा) आज औपचारिक रुपमै नेकपा एमालेमा विलय हुँदै छ । उक्त पार्टीको नेतृत्व गरिरहेका पूर्वमन्त्री प्रेमबहादुर सिंह सिंगो

पार्टीसहित एमालेमा प्रवेश गर्न लागेका हुन् । आज (मंगलबार) दिउँसो १ बजे एमालेको केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी ओलीले नेता सिंहसहितको टिमलाई पार्टीमा भित्र्याउँदै छन् ।

सिंहको नेतृत्वमा रहेको सजपा एमालेमा विलय हुने निश्चित रहेको जनाइएको छ । सिंह तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानी मन्त्री थिए ।

यसैगरी अभिनेत्री करिश्मा मानन्धर पनि आजै एमालेमा प्रवेश गर्ने भएकी छन् । विगतमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै राजनीतिमा सक्रिय देखिएकी मानन्धर पछिल्लो समय एमालेमा आउन चाहिरहेकी थिइन् ।

बीचमा केही समय राजनीतिबाट निष्क्रिय रहेकी मानन्धर अहिले चुनावी माहौलसँगै एमालेमा प्रवेश गर्न लागेकी हुन् । उनलाई पनि अध्यक्ष ओलीले पार्टी प्रवेश गराउने तय भएको जनाइएको छ ।

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 0 Minutes 79 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार