२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

क्रिकेट रंगशाला अलअत्र पारेको धुर्मुस–सुन्तली फाउण्डेशन भन्छ- रकमको दुरुप-योग सोँच्न पनि सक्दैनौँ ।

काठमाडौ : धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रकमको दुरु’पयोग सोँच्न पनि नसकिएको बताएको छ ।

फाउण्डेशनले सोमबार फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कुराको गुन्जायस नरहेको प्रष्ट पारेको हो ।‘सहयोगी मनहरुबाट प्राप्त रकमको दुरु’पयोग हामी सोच्न पनि सक्दैनौं । परियोजनामा कुनै प्रकारको अनियमितता र गलत कार्यको गुञ्जायस नरहेकोमा

सबैलाई आश्वस्त तुल्याउन चाहन्छौं’, फाउण्डेशनले भनेको छ ।
त्यस्तै, आर्थिक प्रगतिको सम्बन्धमा २०७८ पुस मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन एक/दुई दिनमै प्राप्त हुने र त्यो सम्बन्धित पक्षलाई बुझाएपछि परियोजनाको वास्तविक आम्दानी/खर्च सार्वजनिक गरिने फाउण्डेशनले जनाएको छ ।फाउण्डेशनले रामपुरमा बनाइरहेको रंगशालाको सरकारी तवरबाट आर्थिक तथा भौतिक प्रतिवेदन तयार गर्ने काम भइरहेको छ ।

भरतपुर महानगरपालिकाले रंगशालाको प्रारम्भिक प्रतिवेदन तयार गरेर युवा तथा खेलकुद मन्त्रालयमा बुझाइसकेको छ । प्रार’म्भिक प्रतिवेदनअनुसार रंगशालाको भौतिक प्रगति १४ प्रतिशत र खर्च ५१ करोड भएको छ । मन्त्रालयले प्रतिवेदनलाई अन्तिमरुप दिने बताइएको छ ।

चरम आर्थिक अभाव भएपछि फाउण्डेशनले गएको २ पुसमा महानगरलाई पत्र लेख्दै रंगशालाको स्वामित्व ग्रहण गरिदिन आग्रह गरेको थियो । यसबीचमा रंगशालाको प्रारम्भिक प्रतिवेदनमा फाउण्डेशनले बताएको भन्दा कम भौतिक प्रगति र खर्चको विवरण आएपछि आर्थिक अनियमितता भएको गुना’सो आएको थियो ।

‘गत २ पुसको निर्णयपश्चात भरतपुर महानगरपालिकाको तर्फबाट दुवै प्रतिवेदनको मुल्यांकन शुरु गरी भौतिक प्रगतिको प्रारम्भिक प्रतिवेदन आएको छ भने त्यसलाई पुर्ण बनाउन थप मुल्यांकन भइरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।रंगशाला निर्माणमा आर्थिक अनियमितता भएको भन्दै भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले छानविनका लागि अख्तियारमा समेत उजुरी दर्ता गरको छन् ।

रंगशालामा भरतपुर महानगरसहित केहि स्थानीय तहको समेत बजेट परेकाले अख्तियारले त्यसको छानविन गर्दै छ । परियोजना सम्बन्धि भ्रम’पूर्ण रुपमा प्रकाशित समाचार र टिप्पणीप्रति फाउण्डेशन दुखित भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् ।

फाउण्डेशनका तर्फबाट आर्थिकलगायतका सबै सबै विवरण सार्वजनिक नहुँदासम्म कपोकल्पीत आरोप नलगाउन उनले आग्रह गरेका छन् ।क्रिकेट र समग्र खेलको क्षेत्रको विकासका लागि भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न फाउण्डेशन र महानगरबीच १६ माघ २०७५ मा सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार महानगरले रामपुरमा २० बिघा जग्गा फाउण्डेशनलाई उपलब्ध गराएको थियो । आर्थिक अभाव सिर्जना भएपछि पाँच महिनादेखि रंगशालाको काम ठप्प छ ।

२०७८ माघ ३, सोमबार प्रकाशित 1 Minute 207 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।