२०७८ माघ ९ आईतवार
  • काठमाडौँ

कुलमान घिसिङ भन्नुहुन्छ : प्राधिकरणका कर्मचारीले बिजुली नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्छाैँ ।

काठमाण्डाै : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको सर्भिस डेलिभरीको विषयमा निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताउनुभएकाे छ ।

आज बिहीवार ऊर्जा मन्त्रालयमा उद्योगी व्यवसायीसँग बिजुली आपू’र्तिसम्बन्धी छलफल कार्यक्रममा बोल्दै घिसिङले यस्ताे बताउनुभएकाे हाे । उहाँले धेरै उद्योगी व्यवसायीहरूबाट प्राधिकरणको विद्युत् सर्भिस कम’जोर भएको गुना’सो आएको बताउनुभयो ।

निर्देशक घिसिङले स’र्भिस डेलि’भरीका विषयमा प्राधिरकणलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । उहाँले प्राधिकरणका कुनै कर्मचा’रीले कुनै उद्योगमा बिजुली कटौ’ती गर्ने, बिजुली नदिने गतिविधि गरेको खबर पाए तत्काल कारबाही गर्ने बताउनुभयो ।
घिसिङले नेपालमा बिजुलीकाे मह’सुल बिस्तारै सस्तो बन्दै जाने बताउनुभयो ।

उहाँले बिजुली महसुल सस्तो बनाउने कुरामा विद्युत् उत्पादकबाट महसुल बढाउन दबा’ब आउने र उद्योगीबाट घटाउने दबाब आउने गरेको बताउनुभयो ।निर्देशक घिसिङले भन्नुभयो, ‘प्राधिकरणले उद्योगलाई दिने विद्युत् सर्भि’स कम’जोर
भए निजी क्षेत्रले सहयोग गर्नुपर्छ ।

यदि प्राधिकरणका कुनै कर्म’चारीले केही गरेको छ भने निजी क्षेत्रले प्राधिकरणका कर्मचारीसँग मिलेर भित्रभित्रै खुस’खुस गरी मिल्न भएन । कर्मचारीसँग नमिलेर प्राधि’करणलाई सम्पर्क गरिदिनुपर्छ । प्राधिकरणले त्यस्ता कर्मचारीलाई तत्काल कार’बाही गर्छ । उद्योगीले प्राधिकरणमा सम्पर्क गर्दा काम बिग्र’न्छ कि भन्ने होइन ।’ -उज्यालो बाट

२०७८ पुष २, शुक्रबार प्रकाशित 1 Minute 51 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार