
काठमाडौ : शुक्लाफाँटा नगरपालिका–३ का २५ वर्षीय जयराम चौधरी गतिलो कमाइका लागि दुई पटक विदेश पुग्नुभयो । पाँच वर्ष विदेश बसे पनि उहाँले मनग्य पैसा आर्जन गर्न सक्नुभएन ।
विदेशबाट कमाएको पैसाले घरमै व्यवसाय गर्ने जयरामको ठूलो धोको थियो । तर थोरै पैसा मात्रै बचत गर्न सकेपछि उहाँले व्यवसाय गर्न ऋ’ण का’ढ्नतर्फ लाग्नुभयो । ऋ’ण नपाएपछि चौधरी फेरि कतार उड्नुभयो ।
कतार पुगेपछि कोरा’ना महामा’री फैलियो । “निषेधा’ज्ञाका कारण खासै कमाइ भएन,” उहाँले भन्नुभयो, “घर फर्किए पनि को’रोनाकै त्रास थियो । त्रा’समै बस्नुपर्ने अवस्था आयो ।” विदेशबाट कमाएको तीन लाख रुपैयाँले चौधरीले कुखुरापालनको सुरुआत गर्नुभयो ।
दुईवटा फा’र्म बनाएर उहाँले कुखुरापालन गर्न थाल्नुभयो । “फार्म, दानापानी र औ’षधोपचारमा धेरै खर्च हुन थाल्यो । विदेशबाट दुःख गरेर ल्याएको पैसा सिद्धिएर घाटा हुने हो कि भन्ने चि’न्ता भयो,” उहाँले भन्नुभयो,
“तर पहिलो लट्मै पाँच लाख रुपैयाँकाे कुखुरा बिक्री भयो ।”
फार्म निर्माण, दानापानी र औष’धोपचारमा लागेको खर्च क’टाएर एक लाख ५० हजार रुपैयाँ नाफा भएको जयरामले बताउनुभयो । दुई फार्ममा उहाँले सात हजार कुखुरा पाल्दै आउनुभएको छ । हालसम्म जयरामले २० लाख नाफा आर्जन गर्नुभएको छ ।
“विदेशमा जति प’रिश्रम गरे पनि महिनाको रु ३५ हजार रकम मात्रै मासिक रुपमा हात पथ्र्यो । यहाँ विदेशको भन्दा चार गु’णा बढी आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । विदेशमा भन्दा घरमै गतिलो आम्दानी हुन थालेपछि जयराम निकै खुशी हुनुहुन्छ । -उज्यालो बाट