
काठमाडौ : राष्ट्रिय ध्वजाबा’हक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाली श्रमिकको बाहुल्यता रहेको साउदी अरेबियामा पनि छिट्टै उडान सञ्चालन गर्ने गरी अन्तिम
तयारीमा जुटेको छ। निगमका अनुसार साउदी अरेबियाको रियाद र दमाम गन्तव्यमा सातामा दुई उडान गर्ने गरी तयारी भइरहेको छ। महिना दिनभित्रै उडान सञ्चालन गरिने जनाइएको छ।
नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइड बडी ए ३३० जहाज छन्। -अरब नेपाल डट कम बाट
साउदी अरबमा को’भिडको बुस्ट’र डोज अनिवार्य लगाउनुपर्ने !
रियाद : साउदी अरबका सम्पूर्ण नागरिक तथा यहाँ बसोबास गर्ने अन्य देशका बासिन्दाले अनिवार्य को’भिड–१९ खोपको बुस्टर डो’ज लगाउनुपर्ने भएको छ। साउदी अरबको आन्तरिक मन्त्रालय स्रोतले १ फेब्रुअरी, २०२२ देखि लागू हुने गरी
सम्पूर्ण साउदी अरबस्थित बासिन्दा एवं नागरिकहरूलाई को’भिड–१९ खोपको बुस्ट’र डोज अनिवार्य लगाउन भनेएको छ। साउदी अरबमा को’भिड–१९ को नयाँ ‘ओमि’क्रोन’ भे’रियन्ट फेला परेपछि बु’स्टर डो’ज अ’निवार्य गरिएको हो।
मानिसहरूको प्रतिरक्षा प्रणालीको बैध’तालाई सुनिश्चित गर्नको लागि र ‘त्वाक्कलना एप’ मा पूर्णरूपमा खो’प प्राप्त गरेको ‘स्टाटस’ को लागि खोपको बु’स्टर डोज अनिवार्य हुने भएको छ।
स्रोतले दिएको जानकारी अनुसार को’भिडवि’रुद्धको खोपको दोस्रो मात्रा लगाएको आठ महिनापछि बुस्टर डोज अनिवार्य लगाउनु पर्ने भएको छ। १८ वर्ष वा सोभन्दा माथिका सम्पूर्ण वयस्क व्यक्तिहरूले अनिवार्य सो नियमको पालना गर्नुपर्नेछ।
सो सँगै साउदी अरबमा हुने सम्पूर्ण खालका आर्थिक, ब्यावसायिक, सांस्कृतिक, खेलकुद वा पर्यट’नसम्बन्धी क्रियाकलापमा भाग लिनको लागि उनीहरूको एपमा पूर्णखोप प्राप्त ‘स्टाटस’ देखिनु पर्नेछ।
त्यसैगरी कुनै पनि सांस्कृ’तिक, वैज्ञानिक, सामाजिक, मनोरञ्जनात्मक कार्यक्रमका साथै सरकारी वा निजी संस्थानमा भाग लिँदा पनि पूर्णरूपमा बुस्ट’र डो’ज सहितको खोप प्राप्त गरेको हुनुपर्नेछ। सार्वजनिक यातायात वा हवाई यात्रा गर्दापनि अनिवार्य बुष्ट’र डोज प्राप्त गरेको सुनिश्चित हुनुपर्ने छ।
तर, एपमा अप’वाद भनी सूचीकृत व्यक्तिलाई भने बु’स्टर डो’ज सम्बन्धी नियम लागू नहुने बताइएको छ। सो सन्द’र्भमा सम्पूर्ण नागरिक एवं बासि’न्दालाई को’भिड सम्बन्धी स्वास्थ्य मापद’ण्डको पालना गर्दै रोकथामका उपाय अव’लम्बन गर्न आग्रह गरिएको छ । -प्रबास खबर बाट