
काठमाडौ : गायिका रचना रिमाल कक्षा १२ को परी’क्षामा ३.४४ जिपिएसहित उत्ती’र्ण भएकी छिन् ।रिमालले सामाजिक सञ्झालमार्फत आफू कक्षा १२ को परीक्षा उत्तीर्ण भएको जानकारी गराएकी हुन् ।
सानो उमेरमै रिमाल गायन क्षेत्रमा स्थापित भैसकेकी छिन् । उनी नेपालको चर्चित गायन प्रतियोगिता नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हुन्। २०२० को नेपाल आइडल प्रतियोगिताको तेस्रो संस्करणमा उत्कृ’ष्ट ८ सम्म पुगेकी थिइन्।
३ लाख ७४ हजार १५ परीक्षा’र्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ‘ग्रे’ड ल्याएका छन् । ४८ हजार २ सय ३९ जनाले ए ग्रे’ड ल्याएका छन् । त्यस्तै बी प्लस ल्याउनेमा ७० हजार १ जना परीक्षार्थी छन् । बी ग्रे’ड ल्याउनेमा ९९ हजार ५ सय ३७ छन् ।७५ हजार ८८ जना परीक्षार्थीले सी प्लस ग्रेड ल्याएका छन् ।
सी ल्याउनेमा २४ हजार ५ सय १५ जना छन् । डी प्लस ल्याउनेमा ३ हजार ८ सय ७५ परीक्षा’र्थी छन् भने डी प्लस ल्याउनेमा २ सय ९६ जना छन् । १० हजार ७३ परीक्षार्थीले इ ल्याएका छन् ।
परी’क्षाफल परीक्षा बोर्डको वेभ’साइट, एसएमएस र आईभिआरमार्फत हेर्न सकिन्छ । यसका लागि वेभसा’इटमा https://neb.ntc.net.np लगइन गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ ।
भने, एसएमएस गर्नका लागि NEB टाइप गरेर एक स्पेस छोडेर सिम्बोल नं टाइप गरेर १६०० मा पठाउन सकिन्छ । यस्तै, आईभिआरका लागि १६०१ डाइल गर्नुपर्ने हुन्छ ।को-भि’ड–१९ को महामा’रीका कारण परी’क्षाको तालिका सार्वजनिक गरेर पनि दुई पटक स्थगित भएको थियो ।
परी’क्षामा मुलुक भरबाट तीन लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । त्यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा साउन २३ मा दोस्रो पटक स्थगित गरिएको थियो ।यसअघि वैशाखमा परीक्षा गर्ने तयारी थियो । विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा केन्द्र कायम गरी लिइएको परी’क्षामा ३ लाख ७१ विद्यार्थी सहभागी थिए ।