२०७८ माघ १३ बिहीबार
  • काठमाडौँ

अध्यक्ष नेपालले भने- आगामी निर्वाचनमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हालत खत्तम बनाउछौँ

काठमाडौँ : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हालत खत्तम बनाएर छाड्ने दाबी गरेका छन् ।

डाक्टर,ईन्जिनियर सहित ११ भक्तपुरका अगुवाको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो पार्टी हुने बताउदै सो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशव्यापी रुपमा आफ्नो पार्टीमा आउनेहरुको लहर बढेको बताएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, देशव्यापी रुपमा निर्वाचनको मैदानमा हामी जित्नेछौं भन्दै टक्कर लिनेहरुको हाल’त खत्त’म बनाउछौँ । उहाँको पार्टीमा बिधि र पद्धति ,क्षमता र योगदानको आधारमा सबै नेता र कार्यकर्ताको उचित मुल्यांकन हुने समेत बताएका छन् ।

थप समाचार, हेटौंडा : सत्ता बाहिर हुँदा सबै दलले खोइरो खन्ने सरकारकै हो । तर, आफू सत्तामा पुगेपछि फेरि गर्ने त्यहीँ सरकारकै सिको हो । यो परिपाटी अहिले ठ्या’क्कै यहाँ लागू भएको छ ।

कुरा हो, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डको । एमालेबाट छुट्टिएपछि नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गरेर सरकारमा जानुअघि पाण्डेले थुप्रै आश्वासन दिए ।

गठबन्धनबाट मुख्यमन्त्री बन्नुअघि उनले प्रदेशमा सुशासन र समृद्धिको जरो गाँड्ने बचन व्यक्त गरे । तर, मुख्यमन्त्री बनेको केही समयमै उनले प्रदेशमा थप आर्थिक भार थुपारे ।
हो, मुख्यमन्त्री पाण्डेले अहिले गठबन्धनलाई खुसी बनाएर सत्ता टिकाउनकै लागि ८ मन्त्रालय फुटाएर १४ पु¥र्‍याएका छन् ।

अहिले गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा (एस) लगायत दल सहभागी रहेका छन् । अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीबाट पद’च्यूत गर्नुअघि गठबन्धबाट कांग्रेसले पनि मुख्यमन्त्रीमा दाबी गरेको थियो तर, पछि नेकपा (एस)ले पाएको थियो ।

भाग’बन्डा र सहमतिअनुसार मुख्यमन्त्री पद कांग्रेस र नेकपा (एस)ले पालैपालै सम्हाल्ने भन्ने छ । तर, पूरै पदावधि आफैँले सम्हाल्नका लागि पाण्डेले थप मन्त्रालय विस्तार गरेका छन् ।

अब, मन्त्रालय बढेपछि मन्त्री, सचिव र स्वकीय सचिवहरुको संख्या बढ्ने नै भयो । र, त्यसको भार राज्यकोषले थेग्नुपर्नेछ । त्यसो त मन्त्रालय थपको निर्णय राज’पत्रमा प्रकाशन भइसकेको छ । अब प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित १४ मन्त्रालय पुग्ने भएको छ ।

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित 1 Minute 41 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार