२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

फेसबुक बाट चिनजान गर्दै एक करोड २२ लाख रुपैयाँ ठ’गी !

काठमाडौं : १ करोड २२ लाख रुपैयाँ ठ’गी गरेको अभि’योगमा २ जनालाई प्रह’रीले पक्रा’उ गरेको छ । प’क्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय

राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३, ताहाचलका २८ वर्षीय रोजन भुजेल रहेका छन् । महानगरीय अपराध महाशाखाबाट खटि’एको प्रहरी टोलीले भुजेललाई बुधबार काठमाडौंको कालीमाटी र भण्डारीलाई बिहीबार काठमाडौंको

एयरपोर्ट क्षेत्रबाट पक्रा’उ गरेको हो । पी’डितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा. बेन्जामिन फ्रान्क’लिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्ला’स्टिक सर्जन डाक्टर भएको र को’र्सका लागि मलेसिया आएकोमा आफूसँग भएको सबै रकम लु’टिएको भन्दै रकम पठाई सहयोग गर्न आग्रह गरेका थिए ।

उनीहरूले सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिन्छु भनि प्र’लोभन देखाई भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बरहरू प्रयोग गरी विभिन्न

मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नबिल बैंकको खातामा नगद नौ लाख ५० हजार रुपैयाँ र अरू मानिसबाट थप रकमसमेत गरी उक्त नगद पी’डितलाई पठाउन लगाई ठ’गी गरेको खुलेको छ ।

२०७८ मंसिर १७, शुक्रबार प्रकाशित 1 Minute 159 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।