
काठमाडौं : सूचना तथा प्रसारण विभागले प्रसारण अनुमतिपत्र नलिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मण्डिखाटारमा शुक्रबार उद्घाटन गरेको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनको स्टुडियो नभेटेपछिका’रबाही
प्रक्रियाबाट पछि हटेको छ ।
विभागका निर्देशक सुदीप भट्टराईका अनुसार पतञ्जलि टेलिभिजनको स्टुडियो नै नबनेको र टेलिभिजन खोल्न कुनै तयारी नै नगरेको पाइएकोले का’रबाही गर्ने आधार देखिएन । शुक्रबार प्रधानमन्त्री देउवासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत
समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकसाथ टेलिभिजनको उद्घाटन गरेका थिए । नेपालमा विदेशी टेलिभिजन खोल्न कुनै नियम नभएको भन्दै यसवि’रुद्ध चौतर्फी वि’रोध भएको थियो । त्यसपछि विभागले पनि त्यसलाई चासो साथ नियालेको थियो ।
तर, चोतर्फी पतञ्जलिको समाचार आएपछि विभाले निर्देशक भट्टराईकों संयोजकत्वमा एक समिति गठन गरेको थियो । त्यसपछि उक्त समितिले मण्डिखाटारमा रहेको भनिएको पतञ्जलि टेलिभिजनको कार्यालयमा पुगेर छापासँगै केही कागजात पनि बरामद गरेको थियो ।
तर, विभागका महानिर्देशक गोगनबहादुर हमालले टेलिभिजनले अहिलेसम्म स्टुडियो नै तयार नभएको फेला पारिएको बताएका छन् । उनका अनुसार अनुमतिपत्रविना प्रसारण उपकरण, सामग्रीहरु जडान गरेको भेटिए जफत
हुने कानूनी व्यवस्था रहेको छ । अनुसन्धान समितिले पतञ्जलिको कार्यालयमा छापा मार्दा भवन मात्रै उद्घाटन गरेर ‘टेलिभिजन’ उद्घाटन भनिएको भनेको छ । यसरी टेलिभिजन छैन तर, भवनमात्रै भएपछि का’रबाही गर्न विभाग पछि हटेको हो ।