२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

सरकारले भन्यो- ‘मारुती सिमेन्ट प्रयोग नगर्नुस्’ !

काठमाडौं : अ’नुगमनका क्रममा मारुती सिमेन्ट गुणस्तरहीन फेला परेपछि सरकारले विकास निर्माणका काममा उक्त सिमेन्ट प्रयोग नगर्न निर्देशन दिएको छ ।

४३ ग्रेडको मारुती ओपीसी सिमेन्ट गुणस्तरहीन भएको फेला परेसँगै सरकारले मातहत निकायलाई परिपत्र जारी गरेको छ । विगतमा मारुती सिमेन्ट प्रयोग गरिएका विकास निर्माणका काम गुणस्तरहीन देखिन थालेपछि सरकारले अ’नुगमन तीव्र बनाएको थियो ।

अ’नुगमनका क्रममा उक्त सिमेन्ट गुणस्तरहीन भएको प्रमाण फेला परेसँगै मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न परिपत्र जारी गरेको छ । मन्त्रालयले मारुती सिमेन्ट प्रयोग नगर्न भन्नुअघि नै गुणस्तर तथा नापतौल विभागले बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन भनिसकेको छ ।

तर, विभागको कुरा मारुती सिमेन्टले सुनेको छैन । अब, विभागले नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम का’रबाहीको दायरामा ल्याइने जनाएको छ ।

विभागका अनुसार मारुती सिमेन्टको संकलित नमुना परीक्षण गर्दा सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको थियो । मुख्य उत्पादन कार्यायलय सिरहामा रहेको मारुती सिमेन्टलाई गुणस्तरहीन सिमेन्टबारे विभागले १५ दिने स्पष्टीकरण सोधेको छ ।

२०७८ मंसिर ६, सोमबार प्रकाशित 1 Minute 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।