
काठमाडौं : नेपालमै बनेको विद्युतीय मोटरसाइकलमा अर्थमन्त्री जनार्दन शर्माले कुदाएका छन्। मंगलबार मन्त्रालय परिसरमा अर्थमन्त्री
अर्थसचिवले यात्री मोटरसाइकल टेष्ट डाइभ गरेका हुन् । कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डेका भतिज अशिम पाण्डेलगायतको टिमले यात्रीका मोटरसाइकल नेपालमै बनाएका हुन्। यात्रीले हालसम्म २ वटा
मोडल बनाइ सकेका छन्। पी जिरो र पि वान मोडलका बाइक नेपालमा सार्वजनिक गरिसकेका छन्। पी जिरो मोडलको मूल्य १९ लाख ४९ हजार रुपैयाँ रहेको छ भने पी वानको मूल्य ४ लाख ९५ हजार सुरुवाती मूल्य रहेको छ।