२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

प्रचण्डसँग अमेरिकी सहायक विदेशमन्त्री ‘लु’ ले भने-‘मंसिर २८ भित्र एमसीसी टुंगो नलगाए फिर्ता’

काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आगामी मंसिर २८ गतेभित्र अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) टुंगोमा नलगाए फिर्ता लैजाने बताएका छन् ।

शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा विदेशमन्त्री लुले आगामी १४ डिसेम्बर (मंसिर २८) भित्र टुंगोमा नपुर्याए फिर्ता लैजाने बताएका छन् ।‘एमसीसी सम्झौता पारित गर्ने कि नगर्ने भन्ने सवालमा नेपालले ठोस धारणा अघि बढाउनुपर्यो ।

१४ डिसेम्बरसम्म एमसीसीबारे धारणा नआए फिर्ता लैजान्छौँ ।’जवाफमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता कागजातमाबारे अहिले बहस चलिरहेको भनेका छन् । सम्झौताबारे संसदीय अनुमोदनको कुरा जोडिएपछि यसबारे

बहस चलिरहेको पनि अध्यक्ष प्रचण्डले जवाफ दिएका छन् । अध्यक्ष प्रचण्डअघि प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विदेशमन्त्री लुलाई सरकारले आफ्नो दलसँग एमसीसीबारे कुनै छलफल नगरेको बताएका छन् ।

२०७८ मंसिर ३, शुक्रबार प्रकाशित 0 Minutes 166 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।