
काठमाडौं : नेपाल कम्यु’निस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले ५५ अर्व हैन, ५५ खर्ब नै आएपनि मिलेनियम च्या’लेन्ज कर्पोरे’सन (एमसीसी) खारेज गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रेस सेन्टर रोल्पाको पाँचौ जिल्ला अधिवे’शनलाई लिवाङमा सम्बोधन गर्ने क्रममा महाराले कुनै पनि हालतमा एमसीसी नेपालको पक्षमा हुन नसक्ने भन्दै उक्त कुरा बताएका हुन् । देशमा केही शक्तिहरूले ५५ अर्व त्यति ठूलो रकम फिर्ता गर्नु हुँदैन भनिरहेका छन् ।
तर एमसीसीबाट ५५ खर्व नै सहयोग प्राप्त भएपनि त्यो देशको स्वाधिनता भन्दा माथि हुन सक्दैनू ( महराले भने प्रतिनिधिस भाका पुर्वसभामुख समेत रहेका महराले सम्बोधनका क्रममा महराले आफ्नो अधि’कांश समय राष्ट्रिय स्वाधी’नताको वकालत गर्दै
एमसीसी वि’शुद्ध विकास कार्यक्रम नभएर सैनिक रणनीतिसंग जोडिएको बताए । हाम्रो देशबारे अरु देशको राज’धानीमा किन छलफल हुन्छ भन्दै प्रश्न गरे ।
त्यसैगरी महाराले पत्रकारहरूले कुनै दल र दलको नेताबाट प्रभावित नभएर देश र जनताको पक्षमा लेख्नुपर्ने बताए ।
हामी मिसन पत्रकारीता भन्छौं तर उक्त मिसन द’लिय
विचारभन्दा माथि उठेर देश र जनताको मिसनमा हुनुपर्छू उनले भने । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका विश्वास रहेका महराले पछिल्ला दिनमा देशको स्वाधीनता खतरामा परेको औंल्याउँदै आएका छन् ।