२०७८ माघ ९ आईतवार
  • काठमाडौँ

फेरि पेट्रोल, डिजेल, मट्टितेलको मूल्य बढ्यो, एक लिटर पेट्रोलको मूल्य १३६ पुग्याे !

काठमाडौं : नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँस र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।

दुई हप्ता नबित्दै पेट्रोलियम पदार्थको भाउ बढाएको निगमले आज राति १२ बजेदेखि मूल्य वृद्धिको भाउ लागू हुने जनाएको छ ।

नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । अब, पेट्रोल प्रतिलिटर १३६ तथा डिजेल र मट्टीतेल ११९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढेर १५७५ पुगेको छ । निगमले कात्तिक १२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

n

२०७८ कार्तिक २४, बुधबार प्रकाशित 1 Minute 23 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार