२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

मदिरा सेवन गरेर एयरपोर्टको कर्मचारीमाथि हातपात गर्ने पर्यटन बोर्डका सिइओ रेग्मीलाई डण्डा !

काठमाडौं : सोमबार लण्डनबाट स्वदेश फिर्ता हुँदा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा खटिएका कर्मचारीमाथि हातपात गरेको घ’टना विषयमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)

धनञ्जय रेग्मीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ । मदिराले लठ्ठिएका सिइओ रेग्मीले विमानस्थलमा भन्सारका नासु सुमन थापामाथि हातपात गरेका थिए । नियमअनुसार १ लिटर मदिरामात्र ल्याइन पाइने भए पनि उनको साथबाट ६ बोतल मदिरा भेटिएको थियो ।

सिइओ रेग्मी मातेको हो वा होइन भनेर पछि स्वास्थ्य चेकजाँच गर्दा मदिरा पिएको रिपोर्ट आएको थियो । सिइओ रेग्मीसँगै पर्यटनमन्त्री प्रेम आले र सचिव यादव कोइराला पनि सोमबार लण्डनबाट ३ दिने कार्यक्रम सकेर स्वदेश फर्किएका थिए ।

मन्त्री र सचिव भने भीआइपी लाउञ्जबाट निस्किएका थिए भने सिइओ रेग्मीचाहिँ आम यात्रुसँगै चेकजाँचमा परेका थिए । चेकजाँचकै क्रममा सिइओ रेग्मीले नासु थापामाथि हातपात गरेका थिए । उक्त घ’टना घटेको थाहा पाएपछि मन्त्री आलेको निर्देशनमा मन्त्रालयले तीन दिने स्पष्टीकरण सोधेको छ ।

सोमबार नै मन्त्री आलेले रेग्मीलाई मन्त्रालयमा बोलाएर घ’टनाबारे सोधपुछ समेत गरेको बताइएको छ । सिइओ रेग्मीबाट चित्तबुझ्दो जवाफ नआएपछि सचिवमार्फत लिखित स्पष्टीकरण सोध्न निर्देशन दिइएको छ ।

लिखित स्पष्टीकरण चित्तबुझ्दो नआएको खण्डमा उनलाई का’रवाही गरिने बताइएको छ । सिइओ रेग्मीको कार्यसम्पादनमा असन्तुष्टि जनाउँदै आएका मन्त्री आलेले उनलाई यहीँ घ’टनालाई आधार मानेर बोर्डबाट हटाउने तयारी गरिएको पनि बुझिएको छ ।

२०७८ कार्तिक २२, सोमबार प्रकाशित 1 Minute 161 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।