चैत १२, काठमाडौं : राष्ट्रिय जनगणना २०७८ अनुसार २१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा बसोबास गर्ने गरेका छन्।
१५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो।
यो अघिल्लो २०६८ को राष्ट्रिय जनगणनाभन्दा २
लाख ६९ हजार ९८ जनाले बढी हो। २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना विदेशमा बसोबास गर्ने गरेका थिए। जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना
पुरुष ९८२।२ प्रतिशत र ३ लाख ९० हजार ९१७ जना ९१७।८ प्रतिशत० महिला विदेशमा बसोबार गर्ने गर्छन। यस्तै प्रदेशअनुसार सबैभन्दा धेरै लुम्बिनी प्रदेशबाट ४ लाख २० हजार ९०६ जना विदेशमा बसोबार गर्ने गरेको
राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा छ। सबैभन्दा कम कर्णालीबाट ९४ हजार ३२० जना विदेशमा बसोबास गर्छन।
कोशी प्रदेशबाट ३ लाख ४३ हजार ३४, मधेशबाट
३ लाख ४ हजार २८६, बागमतीबाट ३ लाख ९७ हजार ९३०, गण्डकीबाट २ लाख ८६ हजार ५९३ जना र सुदुरपश्चिमबाट ३ लाख ४३ हजार ५२३ जना विदेशमा बसोबास गर्छन्।