२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

धरान उपमहानरगका मेयर हर्क साम्पाङ अष्ट्रेलिया जादै, भ्रमण योजना यस्तो !

चैत १२, काठमाडौ : विगत १० वर्षदेखी अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका जिवन दाहालको पहलमा नेपालस्थित सुनसरीको धरान उपमहानगरका नगर प्रमुख हर्क साम्पाङ अष्ट्रेलिया आउनुहुनेभएको छ ।

धरानको खानेपानी लगायतका पूर्वाधार विकासमा सहयोग जुटाउने अभियानका क्रममा जेठ अन्तिम साता मेयर साम्पाङ अष्ट्रेलिया आउन लाग्नुभएको हो ।

अष्ट्रेलिया निवासी दाहालको पहलमा करिब एकसाता लामो भ्रमणका लागि धरान उपमहानगरका मेयर साम्पाङ अष्ट्रेलिया आउने र सो समयमा विशेष कार्यक्रम आयोजना गरिने बताइएको छ ।

कार्यक्रम मार्फत फण्ड संकलन गरिने र उक्ता संकलित रकम खानेपानी लगायतका पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने जनाइएको छ । असार पहिलो साता भनिएपनि भ्रमण मिति एकिन गर्न बाँकी रहेको छ ।

सञ्चारकर्मी समेत रहनुभएका अभियन्ता दिनेश डीसी समेत मेयर साम्पाङको साथमा अष्ट्रेलिया आउनुहुने भएको छ ।
लाहुरी टीभीको पहलमा जुन १६ र १७ तारेखमा सिड्नीमा फेस टु फेस वीथ हर्क साम्पाङ कार्यक्रको आयोजना गर्नेगरि तयारी थालिएको छ ।

कार्यक्रमको मिति केही हेरफेर हुनसक्ने समेत बताइएको छ । धरानका नगर प्रमुख साम्पाङले सरकारलाई भार नपर्नेगरि आफ्नै खर्चमा अष्ट्रेलिया जाने सामाजिक सञ्जाल फेसबुक मार्फत समेत घोषणा गर्नुभएको छ ।

जनश्रमदान मार्फत खानेपानी, बाटो लगायतका पूर्वाधार विकासमा योगदान दिदै आउनुभएका मेयर हर्क आफ्नो खरो बोलि र फेसबुक स्ट्याटसका कारण बेलाबेलामा बिवादमा समेत पर्दै आउनुभएको छ । सरकारली लगानी भन्दा श्रमदानमार्फत नगर क्षेत्रको विकास गर्नुपर्ने पक्षमा रहेका मेयर साम्पाङ धेरैका लागि रोलमोडल बन्दैआउनुभएको छ ।

२०७९ चैत्र १२, आईतवार प्रकाशित 0 Minutes 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।