२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

विरामी बचाउन हुकिएको एम्बुलेन्सले उल्टै लियो २ जनाको ज्यान

काठमाडौं : विरामी बचाउन हु’किएको एम्बुलेन्सले उल्टै २ जनाको ज्या’न लिएको छ । रुपन्देहीमा एम्बुलेन्सले मोटरसाइकललाई ठ’क्कर दिएर मोटरसाइकल सवार दुईजनाको मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

दु’र्घट¥नामा गम्भी’र घा’इते थापा र क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृ’त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठो’क्किएका थिए ।

एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घा’इते भएका छन् । प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि उनलाई प्रहरी निय’न्त्रणमा राखिएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

२०७८ कार्तिक १३, शनिबार प्रकाशित 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।