२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

यी हुन् कुखुरा मा’र्न आएकाे चितुवाको गर्धन समातेर नियन्त्रणमा लिने बागलुङे ठिटो ।

काठमाडौं : बागलुङको बडिगाड गाउँपालिका– ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा विहिबार झिस्मिसेमा एक पोथी चितुवा पस्यो । चितुवाले खोरमा भएका एक सय बोइलर कुखुरामध्ये कोही खा’यो, कोहीलाई मा’र्यो ।

कुखुरा न’ष्ट गरेपछि स्थानीयले चितुवालाई समातेर वनमा छाडेका छन् ।खोरको जाली च्यातेर भित्र छि’रेको चितुवा विहान अबेरसम्म पनि बाहिर नगएपछि स्थानीयले सवडिभिजन कार्यालयको प्राविधिक टोलीलाई खबर गरे । प्रहरी, वन कर्मचारी र स्थानीयको जमघट हुँदासम्म पनि चितुवा खोरभित्रै रह्यो ।

खोर अगाडिको फाँटका बारीमा अग्ला पाक्दैगरेको कोदो छ । खोरको ढोका खुल्ला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठ’टाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लागेको थियो ।

बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै जाँदैगर्दा चितुवा फेरि फर्कियो, स्थानीयको अगुवाईमा बडिगाड गाउँपालिका– ८ निवासी राजन पाईजा हुनुहुन्थ्यो ।चितुवा फर्केर मान्छेतिर आएपछि राजन र चितुवाको जम्का भेटभयो । कराते खेलाडी पाईजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समात्नभयो ।

चितुवाले आ,’क्रमण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल हुनु भएपछि नजिकमा भएका सबैले चितुवालाई समाते ।चितुवा नियन्त्रणमा लिनेबेला पाईजाको खुट्टामा सामान्य चो’ट लागेकाे छ । पछिल्लो खुट्टाको भागले को’तर्न भ्याए पनि अन्य कुनै ठाउँमा चोट नलागेको पाइजाले बताउनुभयो ।

‘भाग्यले ठूलो क्षति हुन पाएन’ उहाँले भन्नुभयो– ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ ग’र्घनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाईजाको भनाई छ ।‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले

मलाई झ’म्टन्थ्यो’ उहाँले भन्नुभयो– ‘समातेर ल’डाएपछि सबैजना आएर क’क्र्रक्कै बनायौँ । नियन्त्रणमा लिए पछि चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छो’डेको सव डिभिजन वन कार्यालयका रेन्जर दिपक श्रीसको भनाई छ ।

२०७८ कार्तिक ११, बिहीबार प्रकाशित 0 Minutes 187 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।