२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

श्रममन्त्री अर्याल भन्नुहुन्छ – वैदेशिक रोजगारीमा जाने प्रवृतिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउँछाैं ।

माघ ७, काठमाण्डाै : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने प्रवृतिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने बताउनुभएको छ ।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभामा बोल्दै श्रममन्त्री अर्यालले बाध्यात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद् तस्बिरमा बदल्न प्रयास गर्ने बताउनु भयो ।

मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

उहाँले सीप बिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताउनु भयो ।
यस्तै उहाँले विश्व व्यापारीकरणको वर्तमान समयमा

वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयाे । उहाँले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी,सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताउनुभयो ।

उहाँले विदेश जानुअघि वा नेपालमा नै रोजगारी खोज्दै गर्दा जुन क्षेत्रमा जान चाहेकाे हाे त्यसमा सीप हासिल गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगार व्यवसायीहरुले विधिसंगत रुपमा व्यवसाय चलाउन आग्रह गर्नुभयो ।

उहाँले विधिसंगत रुपमा व्यवसाय सञ्चालन गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई समान्नजनक व्यवहार गर्ने बताउनु भयो । त्यस्तै श्रमसचिव एकनारायण अर्यालले नेपाल सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपालको वैदेशिक रोजगारी खाडी देशमा मात्रै केन्द्रित भएको बताउनु भयो । उहाँले वैदेशिक रोजगार ऐन २०६४ को कारणले श्रमिकहरुले दुःख भोग्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

उहाँले अहिले नेपालले एक सय जना श्रमिक विदेश पठाउनैपर्ने विश्वमा कही नभए पनि नेपालको कानूनमा रहेको भन्दै वैदेशिक रोजगार ऐन तत्काल सुधार गर्नुपर्ने बताउनु भयो । सचिव अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकहरु सबैलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने तयारी रहेको पनि बताउनु भयो ।

२०७९ माघ ७, शनिबार प्रकाशित 0 Minutes 47 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।