२०८० फाल्गुन ९ बुधबार
  • काठमाडौँ

मलेसिया रोजगार – मलेसियामा यो वर्ष नेपालीको ओइरो !

पुस १७, काठमाडाैं : वैदेशिक रोजगारीमा जाने नेपाली युवाका लागि मध्यपूर्वका मुलुक र मलेसिया पहिलो गतव्य बन्दै आएका छन् ।

यी मुलुकमा हाराहारीको जस्तै संख्यामा नेपाली कामदार जाने गरेका थिए । तर, यो वर्ष मलेसियामा भने नेपालीको ओइरो लागेको छ । मध्यपूर्वका कतार, साउदीलगायतका देशमा जाने नेपालीको संख्याम ५० हजार नपुग्दा मलेसियामा जानेको

संख्या १ लाख ३० हजार नाघेको छ । यी श्रम गन्तव्यमा विगतका वर्षहरुमा यस्तो धेरै फरकमा नेपालीहरु जाने गरेका थिएनन् । यो फराकिलो अन्तर पहिलो पटक बनेको हो । पछिल्लो समय मलेसियामा नेपालीको आकर्षण बढेपछि

कतार र साउदी अब जाने युवाको संख्या घट्दै गइरहेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो कात्तिकसम्म एक लाख ३० हजार ३०९ जना नेपाली मलेसिया गएका छन् ।

गत वर्ष कात्तिकसम्म २७ हजार १ सय ३२ जनामात्र नेपाली मलेसिया गएका थिए । गत वर्षको तुलनामा यो ३७९.१३ प्रतिशत वृद्धि हो । मलेसियामा नेपालीको ओइरो लागेपछि साउदी अरब र कतार जाने नेपालीको संख्या घटेको छ ।

-यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।

२०७९ पुष १६, शनिबार प्रकाशित 1 Minute 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।