२०८० फाल्गुन ११ शुक्रबार
  • काठमाडौँ

विपिन कार्की छ पटक मुम्बई पुगे, तर एनिमलमा काम गर्न पाएनन् !

मंसिर २५, काठमाडौ : नायक विपिनले कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने पक्का भएपछि खुबै चर्चा भयो । फिल्मको छायांकनका लागि केही समय अगाडि विपिन मुम्बई पुगेका थिए ।

तर, उनी रित्तो हात नै नेपाल फर्किएका छन् । यो फिल्मको छायांकनका लागि विपिन मुम्बई पुगेपनि उनको सेड्यूल नै आउन सकेन । विपिनले फिल्म त छाडेका छैनन्, तर अब काम नगर्ने मुड बनाएका छन् ।

सन्दीप रेड्डीको निर्देशनमा बन्न लागेको यो फिल्मको छायांकन मुम्बइमा चलिरहेको छ । फिल्ममा रणवीर कपुर मुख्य भूमिकामा छन् । यो फिल्मका लागि भन्दै नेपाली फिल्मको सेड्यूल पछि सार्दै विपिन ६ पटक मुम्बई जाउआउ गरे ।

तर, फिल्मका लागि उनको सेड्यूल नै आएन । विपिन अब भने नेपाली फिल्ममै केन्द्रित हुने सोचमा छन् ।
उनले, बलिउड फिल्म छाडेको नबताएपनि छाड्न

पनि सक्नेतर्फ संकेत गरेका छन् । नेपाली फिल्म छाडी छाडी मुम्बई पुगेका विपिनलाई कतै माया नगरीबाट धोका त भएको होइन ?

२०७९ मंसिर २५, आईतवार प्रकाशित 0 Minutes 141 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।