२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

गायक राजेशपायलले पहिलोपटक सार्वजनिक गरे छोराको तस्वीर !

मंसिर १६, काठमाडौं : गायक राजेशपायल राईले पहिलोपटक छोराको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनको छोराको नाम हो सायारेम ।

गत असोज १५ गते राजेशपायल राईलाई पुत्रलाभ भएको खबर अनलाइनखबरमा प्रकाशित भएको थियो । समाचार आएपछि पनि यसबारे राजेशपायल मौन थिए ।

उनीसँग लिभिङ टुगेदरमा बसिरहेकी सङबुङ राईबाट राजेशलाई पुत्रलाभ भएको हो । सङबुङले टिकटकबाट राजेशपायल र छोराको भिडियो तथा तस्वीर सार्वजनिक गर्दै आएकी थिइन् ।

राजेशपायलले बुधबार बेलुका छोराको पास्नीको तस्वीर सार्वजनिक गरेका हुन् । उनी लेख्छन्, ‘पहिलो भात खुवाइ यानेकी पास्नी ।

दिदी राइसासँग सायारेम । उनको यो पोस्टमा बधाई र शुभकामनाको ओइरो लागेको छ । सायारेमलाई ‘सानो राजेश’ भन्दै प्रशंसकले बधाई दिइरहेका छन् । सायारेम नाम राजेशपायल राईले आफ्नो अघिल्लो गीतबाट लिएका हुन् ।

२०७९ मंसिर १६, शुक्रबार प्रकाशित 0 Minutes 210 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।