२०८० फाल्गुन ११ शुक्रबार
  • काठमाडौँ

भारतीय अभिनेत्री भाग्यश्री भन्छिन – नेपाल र नेपाली मलाई सुन्दर लाग्यो

असोज २८, काठमाडौं : बलिउड अभिनेत्री भाग्यश्रीले नेपाल र नेपाली आफूलाई सुन्दर लागेको बताएकी छन् । नेपाल पर्यटन बोर्डको निम्तोमा नेपाल आएकी उनले नेपाल

घुमघामबारे भिडियो सन्देश जारी गर्दै नेपाल र नेपाली आफूलाई सुन्दर लागेको र पुनः बालबच्चा लिएर घुम्न आउने बताएकी हुन् । दुई दिने नेपाल बसाइमा अभिनेत्री भाग्यश्रीले पाटन

दरबार स्क्वायर र पशुपतिनाथ मन्दिर भ्रमण गरिन् ।
उनी सोमबार नेपाल आएकी थिइन् । नेपाल घुम्न पटक पटक आउने प्रयास गरे पनि आउन नमिलेको बताएकी उनले अब परिवारसहित नेपाल आउने प्रतिबद्धता गरेकी छन् ।

नेपालको मौसम राम्रो रहेको भन्दै उनले नेपाल पर्यकीय देश रहेको पनि बताएकी छन् । नेपालमा कफी र मःमसँग इन्जोय गर्न सकिने र आफूलाई नेपाली परिकार मन परेको उनको भनाइ छ ।

उनले नेपालीहरू मायालु र आशावादी पनि पाएको भन्दै पर्यटन बोर्डले तयार पारेर छोटो भिडियोमा सो कुराको उल्लेख गरेकी छन् ।

२०७९ आश्विन २८, शुक्रबार प्रकाशित 0 Minutes 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।