२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

अस्ट्रेलिया जान नेपाली विद्यार्थीलाई यसकारण गाह्रो !

असोज २४, काठमाडौ : अस्ट्रेलियामा भेट कोर्स अर्थात् व्याव’सायिक शिक्षा र तालिमका विषयमा अध्ययन गर्न चाहने विद्यार्थी’हरुलाई अस्ट्रे’लियाको अध्यागमनले निकै कडा’ई गरेको छ।

अस्ट्रे’लियाको पत्रिका अस्ट्रेलियन फाइना’न्सियल रिभ्युले दिएको जानकारी’अनुसार नेपाली विद्यार्थी’हरुले भोकेस्नल स्टुडेन्ट भिसाका लागि दिएको आवे’दन यतिबेला झण्डै सत प्रतिशत अस्वी’कार भएको अवस्था छ।

विशेषगरी भिसा आवेदनको लागि नक्कली कागज’पत्र पेश गरेको पाइए’पछि अस्ट्रेलियाले भोकेस्नल स्टुडेन्ट भिसामा कडाइ गरेको हो। पत्रिकाले जनाए’अनुसार गत अप्रिलमा भिसा आवेदन दिएका’मध्ये ८५ प्रति’शतले पढाईको लागि अनु’मति पाएका थिए।

त्यस’पछि जुनमा ३० प्रति’शतले मात्र विद्यार्थी भिसा पाउँदा गत जुन महिनामा ७ प्रतिशतले मात्र भिसा पाएका थिए। अस्ट्रे’लियाका अध्याग’मन विशे’षज्ञ अबुल रिजवी यस विषयमा भन्छन्,भेट कोर्सका लागि मात्र विद्यार्थी भिसामा कडाई गरिएको देखिए’को छ।

अन्य विषय अध्ययन गर्न चाहने’लाई गाह्रो भएको देखिएको छैन।’‘ती विद्यार्थीहरुले विद्यार्थी भिसालाई कामदार भिसाको रुपमा प्रयोग गरिरहेका थिए’ उनी भन्छन्।अस्ट्रेलियन फाइना’न्सियल रिभ्युका अनुसार नेपाली विद्यार्थीले पेस गरेका’मध्ये ६० प्रतिशत भिसा आवेदनमा नक्कजली कागजात पाइएको छ, जसकारण अस्ट्रे’लियाले नेपाली विद्यार्थीलाई कडाई गरेको हो।

अष्ट्रेलि’याको अन्तर्राष्ट्रिय शिक्षा संघका प्रमुख फिल हनिवुडका अनुसार गलत कागजात पेश गर्ने देशहरुलाई सुक्ष्म ढंगले निगरानी गर्न जरुरी छ। उनी भन्छन्,‘अस्ट्रेलियाले गुणस्तरीय अध्ययन गन्तव्यको लागि आफ्नो प्रतिष्ठा कायम राख्नु आवश्यक छ।’

विज्ञ’हरुका अनुसार विद्या’र्थीले कलेज र कोर्स परिवर्तन गरेको, विद्यार्थीको पढाइ राम्रो नभएको, पढाइभन्दा कामलाई प्राथ’मिकता दिएको, कलेजले विद्यार्थी’लाई निकालेको, नक्कली काग’जात पेश गरेको, भिजिट भिसामा

गएर उतै बसेको जस्ता घटनाले पनि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी’लाई क’डाई गरेको छ। अब शैक्षिक संस्थामा आवेदन दिँदा फाइनान्सियल डकु’मेन्ट पेश गर्नुपर्छ जसले नेपाली विद्यार्थी’लाई पहिले’भन्दा बढी गाह्रो हुनेछ।

२०७९ आश्विन २४, सोमबार प्रकाशित 0 Minutes 71 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।