२०७९ माघ २१ शनिबार
  • काठमाडौँ

क्यानडाको भिसा रिजेक्सन किन बढदो !

साउन ११, काठमाडौँ : क्यानडाको भिसा रिजेक्सन रेट बढेको छ । गत वर्ष १५ देखि २० प्रतिशत भिसा रिजेक्ट हुने गरेकोमा अहिले त्यो ४० देखि ५० प्रतिशतमा पुगेको छ ।

यस वर्षको अवधिमा भिसा रिजेक्सन रेट १५ देखि २० बाट ४० देखि ५० प्रतिशतमा बढेको इकोनो-मिक्स टाइम्सले समाचार लेखेको छ ।

सम्बन्धित विषयका टपरको पनि भिसा रिजेक्ट भएको पाइएको छ । उनीहरूले उच्च शिक्षा अध्ययनका लागि क्यानडा अप्लाई गरेको थिए । शैक्षिक परामर्श व्यवसायीका अनुसार राम्ररी कागत पत्र तयार पार्दा पनि क्यानडाको भिसा रेजेक्सन रेसियो बढेको छ।

उनीहरूका अनुसार को-भिड १९ अगाडि ८५ प्रतिशतसम्म बिद्यार्थीको भिसा आउने गरेको थियो । शैक्षिक परामर्श व्यवसायीहरू बढी भिसा रिजेक्ट हुनुको कारण धेरै सङ्ख्यामा निवेदन प्रमाणीकरणको प्रक्रिया रहनुलाई ठान्छन् ।

गोल्ड मेडलिस्ट र टपर विद्यार्थीको पनि भिसा रिजेक्ट भइरहेको छ जसका कारण बिद्यार्थीहरू तनावमा परेका छन् । नेपालमा पनि यही रेसियोमा क्यानडा र अस्ट्रेलियाको भिसा रेजेक्सन भइरहेको शैक्षिक परामर्श व्यवसायीहरूले बताउने गरेका छन् । नेपाली पब्लिक

२०७९ श्रावण ११, बुधबार प्रकाशित 1 Minute 452 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।