२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

जनप्रतिनिधि होस त हर्क साम्पङ जस्तो, खोलामा श्रमदान, छेउमा स्वास्थ्य जाँच परिक्षण !

साउन १०, काठमाडौ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग सम्मिलित टोलीले श्रमदानलाई निरन्तरता दिएपछि स्वास्थ्यकर्मीले पनि स्वतःस्फुर्त रुपमा स्वास्थ्य सेवासमेत निःशुल्क प्रदान गर्न थालेका छन् ।

धरानको सर्दु खोलाको बगर छेउमा भइरहेको खानेपानीको ट्याङ्कीको इन्टेक निर्माणमा श्रमदान गर्न आउनेहरुलाई लक्षित गरेर धरानस्थित सिसम मेडिकल हलले स्वास्थ्य सेवा प्रदान गरेको हो ।

मेयर साम्पाङको नेतृत्वमा पकुवा, निशाने खोलाको प्रोजेक्ट सकिएपछि अहिले सर्दु खोलामा जनश्रमदान भइरहेको छ । स्वतःस्फुर्त रुपमा खटिरहेका धरान जनताको रेखदेख र चोटपटक लागि हाले उपचारको लागि डाक्टरसमेत खटिरहेका छन् ।

सर्दुको बगरमा श्रमदान गर्नेलाई उपचार गर्न दुई जना स्वास्थ्यकर्मी निःशुल्क खट्न थालेका छन् । मुलतः यी स्वास्थ्यकर्मीहरु श्रमदान गर्नेलाई घाउ, चोटपटक लागे, टाउको दुखे, रिङ्गटा लागे हेरचाह र औषधि वितरण गर्ने काममा सक्रिय देखिन्छन् ।

श्रमदानमा स्वास्थ्य सेवा दिइरहेको सिसम मेडिकल हलका सञ्चालक शिव चाम्लिङ राई धराने जनता स्वतःस्फुर्त खोलाखोल्सा चहारेर गिटी कुटिरहेको, ढुङ्गा बोकेर,

बालुवा बोकिरहेको देख्दा खुट्टामा चोटपटक लाग्दा स्वास्थ्य सेवा पनि आवश्यक छ भनेर सेवा सुरु गरिएको बताउँछन् । कसैलाई आवश्यकता महसुस भए एम्बुलेन्स सेवासमेत प्रदान गर्ने राईले बताएका छन् ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 0 Minutes 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।