२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

संसदमा मलको बारे छलफल चल्दाचल्दै कृषिमन्त्री निदाएपछि…

जेठ ३०, काठमाडौँ : प्रतिनिधिसभाको बैठकमा किसानले रासायनिक मल नपाएको सम्बन्धमा छलफल चल्दै गर्दा कृषिमन्त्री महेन्द्रराय यादव निदाएका छन् ।

प्रतिनिधि सभाकी सांसद कलिला खातुनले किसानले रासायनिक मल नपाएको विषयमा बोल्दै गर्दा मन्त्री यादव निदाएका हुन् । खातुन रोष्टममा गएर किसानले मल नपाउनुको कारण मन्त्री यादवले दिने बताउँदै थिइन् ।

सोही समयमा मन्त्री यादव निदाइरहेका देखिन्थे । आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमाथिको छलफल रोकेर किसानले मल नपाउनुको विषयमा छलफल प्रस्ताव गरेको थियो ।

सोही विषयमा छलफल हुँदै गर्दा र सत्तापक्ष तथा प्रतिपक्ष सांसदले मन्त्री यादवमाथि किसानले मल नपाउनुको कारण बुझ्दै गर्दा उनी निदाएका हुन् ।

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 0 Minutes 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।