
जेठ २३, काठमाडौं : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई आग्रह गरेकी छन् ।
सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
महानगर प्रमुख दाहालले भरतपुरबासीलाई राजनैतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वान गरिन् । भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचित हुँदा सबै पार्टीको मत पाएकाले यो वा त्यो पार्टी भन्ने नै छैन
म साझा भएर विगतमा पनि काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु’ मेयर दाहालले भनिन् ।
जनप्रतिनिधि भई कार्यभार सम्हालेपछि साझा भएर काम गर्नुको विकल्प नरहेको भन्दै उनले सबै नगरबासीहरुबीच सहकार्य र
एकताको आवश्यकता रहेको बताइन् । विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दामाथि उठेर कामगर्ने संकल्प मैले गरेको छु, मेयर दाहालले भनिन् ।
दोस्रो कार्यकालका लागि जनताको मन, विश्वास र मत लिने कुरा चुनौतीपूर्ण रहेको उनको भनाई छ । भरतपुरलाई स्मार्ट सिटीका रुपमा विकास गर्न वृक्षारोपण सहितको सडक
बनाउने गरी वडागत तहमा कार्यक्रम लागु हुने जानकारी समेत उनले दिइन् । सबै वडाको सुन्दरता, सरसफाइलाई विषेश प्राथमिकताका साथ कार्यक्रम पनि अगाडि बढाइने उनको भनाई थियो ।