
जेठ १४, काठमाडौ : काठमाडौँ महानगरपालिकाको मेयरमा भारी मतले निर्वाचित भएका स्वतन्त्र उमेदवार बालेन शाहको चर्चा सर्वत्र भइरहेको छ ।
सामाजिक संजाल बालेनका लागी आएको बधाईले रंगिएको छ । लाखौँ बधाइहरुको भिडमा देखिएको एउटा बधाईको सन्देशले भने सबैको ध्यान तान्न सफल भएको छ । बालेनकी श्रीमती सविना काफ्लेले आफ्ना श्रीमान बालेनको नाममा दिएको
शुभकामना र बधाई सन्देश र त्यसमा लेखिएको शब्दको अहिले निकै चर्चा र तारिफ भइरहेको छ । सबिनाले बालेनलाई अब मेरो बालेन बाट हाम्रो बालेन भएका छौ भनेर शुभकामना दिएकी छिन् । घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन ।
म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनले लेखेकी छिन् । यहि शब्दले यतिखेर चौतर्फी प्रशंसा कमाइरहेको छ ।
सबिनाले फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् । उनको यो बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनी लेख्छिन्, आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।
‘घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् । सबिनाको यो बधाई सन्देशमा धेरैजनाले ‘एउटा सफल पुरुषको पछाडि नारी’ हुनुको सन्दर्भ उल्लेख गरेका छन् ।
सविनाले आफ्नो सामाजिक संजालमा यस्तो लेखेकि छिन् आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।
तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् !घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ ।
बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन ।
तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका
पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।.घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ । तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।