
जेठ १२, काठमाडौं : डबल डिग्री गरेकी विना राईले लोकप्रियता मतसहित पालिका उपाध्यक्ष जितेकी छिन् । उनले प्रतिस्प्रर्धीसँग ११२५ मतान्तरले सोलुखुम्बुको नेचासल्यान गाउँपालिका उपाध्यक्ष जितेकी हुन् ।
नेचासल्यानका उपाध्यक्षका लागि नेकपा एमालेका उम्मेदवार सृजना राईले १७८१ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार विना राईले २९०६ मत पाइन् । सृजना र विनाबीचको मतान्तर ११२५ देखियो ।
यो मतान्तरले विनालाई भारी मतले नेचासल्यानीले विश्वास गरेको पाइन्छ । जबकी, कांग्रेसका अध्यक्षका उम्मेदवार धनजन राईले २५६९ मत पाए । विनाको मत अध्यक्ष राईको भन्दा पनि २५६ ले बढि हो ।
चुनावी मतपरिणामलाई निहाल्दा पत्रकारितामा दशक बढिको अनुभव बटुलेर सक्रिय राजनीतिमा होमिएकी विनालाई मतदाताले विश्वास गरेको देखिन्छ । विनाले पाएको प्रतिस्प्रर्धी सँगको मतान्तर मत पुर्वी नेपालकै लोकप्रिय मत हो ।
विना राई नेचासल्यान ४ मा जन्मे हुर्केकी हुन् । डबल डिग्री गरेकी विनालाई उपाध्यक्षमा समक्ष नेतृ मानिएको छ ।
२०६४ सालमा नेपाल विद्यार्थी संघको महाधिबेशन प्रतिनिधि बनेकी राई २०६६ मा नेपाल प्रेस युनियनको केन्द्रीय
महाधिबेशन प्रतिनिधि, २०६८ मा प्रेस युनियनका जिल्ला उपाध्यक्ष बनिन् । २०६९ मा एनिसिडिपी कार्यक्रम सोलुखुम्बुको संयोजक बनेर काम गरेकी उनले २०७२ स्थानीय निकाय अनुगमन परियोजनाको जिल्ला संयोजक भएर अनुभव बटुलेकी छिन् ।
२०७८ मा नेपाल पत्रकार महासंघ सोलुखुम्बुको उपाध्यक्ष बनेकी राई २०७८ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित बनिन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशनमा क्षेत्रीय प्रतिनिधि बनेकी उनी २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसकाबाट नेचासल्यान गाउँपालिकाको उपाध्यक्षमा लोकप्रिय मतसहित विजयी बनिन् ।
शिक्षित युवा पालिकाको नेतृत्वमा पुग्दा योजना तर्जुमा र कार्यान्वयन उपलब्धिमूलक बन्ने मतदाताको विश्वास देखिन्छ । योजना अनुगमन, न्याय सम्पादन लगायतको मुख्य जिम्मेवारी रहने पद पालिका उपाध्यक्षमा निर्वाचित राईले भष्ट्रा-चार
नियन्त्रण गर्ने प्रतिबद्धता जनाएकी छिन् भने चेली बचत, सुत्केरी सेवा प्रभावकारी बनाउने, महिला हिंसा पालिका घोषणा गर्ने, गृहणीलाई उद्यमी बनाउने, किशोरीलाई निशुल्क प्याड वितरण, घरघरमा विद्युतीय चुल्हो, पारदर्शीता र जवाफदेहीका लागि सार्वजनिक सुनुवाई गर्ने लगायतका ग्रामिण जीवनसँग जोडिएका योजना अघि सारेकी छिन् ।
नेचासल्यान ३ को नवनिर्वाचित प्रतिनिधिको पहिलो बैठक, के गरे निर्णय ?
सोलुखुम्बुको नेचासल्यान गाउँपालीका ३ मा नवनिर्वाचित प्रतिनिधिहरुको पहिलो बैठक बसेको छ । वडाअध्यक्ष सिताराम भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले नमुना वडा बनाउन राजनैतिक र बौद्धिक व्यक्तिहरुसँग सल्लाह
सुझाव लिदैँ सर्वपक्षिय विकासमा अघि बढ्ने निर्णय गरेको छ । अध्यक्ष भट्टराईका अनुसार पुर्वाधार निर्माणको लागि स्वास्थ्य, सरसफाई, खानेपानी, सडक, बजारर विद्युत व्यवस्थापन, ढल
निकास, रोजगारी, कृषि तथा पशुपालन, पर्यटन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरिएको छ । साथै, बैठकले वडामा संचालित विद्यालयको व्यवस्थापन समितिमा वडाका निर्वाचित पदाधिकारीलाई जिम्मेवारी दिनेगरि कार्य विभाजन गरिएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिए । दैनिक न्युज नेपाल बाट