
जेठ ८, काठमाडौं : रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीका पूर्व नेताले पनि मेयरमा बाजी मारेका छन् । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका
गोपाल हमाललाई मिश्रले पाँच वर्षअघिको सहयात्रा सम्झिएका हुन् । उनले समाजिक संजाल फेसबुकमा हमाललाई बधाई दिँदै धनगढी देशकै लागि नमूना बनोस् भन्ने कामना गरेका छन् ।
विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक रहेका हमालले उक्त पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।
पुरानो दिन सम्झदै मिश्र लेख्छन्ः झण्डै ५ वर्ष सहयात्रा गर्यौं। तपाईंकै नेतृत्वमा सुदूरपश्चिमका सबै जिल्लामा भ्रष्टाचारविरोधी यात्रा गर्यौं।
पार्टीहरूप्रतिको वितृष्णाले स्वतन्त्र उठ्न चाहनुभयो। शानदार जित हासिल गर्नुभयो। तपाईंलाई बधाई अनि सफल कार्यकालको शुभकामना ।
मिश्रको स्टाटस
गोपी (GOPAL HAMAL)जीलाई धेरैधेरै शुभकामना!
भ्रष्टाचारी जेल परून्!
झण्डै ५ वर्ष सहयात्रा गर्यौं। तपाईंकै नेतृत्वमा सुदूरपश्चीमका सबै जिल्लामा भ्रष्टाचार विरोधी यात्रा गर्यौं। पार्टीहरूप्रतिको वितृष्णाले स्वतन्त्र उठ्न चाहनुभयो। शानदार जित हासिल गर्नुभयो।
तपाईं दृढ, सक्षम र दूरद्रष्टा (भिजनरी) हुनुहुन्छ। अब तपाईंको छातिमा लेखिएजस्तै “भ्रष्टाचारी जेल परुन्!“ बाँकि सबै ठिक हुन्छ। आर्थिकसँगसँगै नातावाद, कृपावाद- सबै भ्रष्टाचार हो, जसले यो देशलाई जरजर बनाएको छ।
त्यत्तिमा ध्यान दिनुभयो भने, धनगढीको रूपान्तरणका लागि बाँकि के गर्नु पर्छ, तपाईंलाई राम्रै थाहा छ। धनगढी देशकै लागि नमूना बनोस्। मेरो ह्रिदयदेखिको बधाई तथा शुभकामना!
-दैनिक न्युज नेपाल