
काठमाडौ : कन्सुलर सेवा विभागले जिल्ला प्रशासन कार्यालय पाँचथरमा पठाएको पत्र २०७७ पुसको पहिलो हप्ता मेरो हातमा प¥र्यो । पत्र मेरो लागि थिएन । तर जसको नाममा पत्र थियो ती व्यक्तिका परिवारलाई खोज्नु पर्ने जिम्मेवारी मेरो काँधमा आइप¥र्यो ।
जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा परामर्शकर्ताको रूपमा कार्यरत भएकाले पनि त्यो मेरो काम थियो । पत्र अनुसार मैले कुवेतमा ज्या’न गुमा’एका दुर्गाप्रसाद बास्कोटाको परिवारलाई खोज्नु थियो । तर ठेगानामा पाँचथर घुमाउनेटार मात्र लेखिएको थियो ।
सुरुमा त लाग्यो, ठेगाना छदै छ भेटिएला । तर १५ दिनसम्म हर प्रयास गर्दा पनि मेरो मेहनत बालुवामा पानी खन्याए बराबर भयो । जतिजनालाई सोध्दा पनि घुमाउनेटार र दुर्गाप्रसादको बारेमा पत्तो लागेन । मनमा एकखालको निरा’शा पलाइसकेको थियो ।
तर एक दिन घुमाउनेटार नै ठेगाना र थर पनि बास्कोटा नै भएका एक व्यक्ति आप्रवासी स्रोत केन्द्रमा आइपुग्नुभयो । वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाउन आउनुभएका रमेश बास्टोकासँग वैदेशिक रोजगारीमा जाँदा ध्यान
दिनुपर्ने कुराहरूका बारेमा कुराकानी गरेँ । रमेशलाई भेट्दा मलाई ढुङ्गा खोज्दा देउता भेटे झैँ भयो । सोधेँ, ‘तपाईँकै गाउँको दुर्गाप्रसाद बास्कोटालाई चिन्नुहुन्छ ?’
उहाँले भन्नुभयो ‘उहाँ त मेरो काका हो नि तर पहिले नै विदेशमा बितिसक्नुभयो । फेरि सोधेँ – ‘के भएर बि’त्नुभएको हो तपाईँलाई केही जानकारी छ ?’ ‘विदेशमा काम गर्दा गर्दै बितेको भन्थे, त्योभन्दा त थाहा छैन’ उहाँले भन्नुभयो ।
अब मैले १५ दिनदेखि खोजिरहेका दुर्गाप्रसादका परिवार भेटिने निश्चित भयो । उहाँबाटै परिवारको बारेमा थप जानकारी पनि लिएँ । तर दुर्गाप्रसादको परिवारले केही वर्षअघि नै घुमाउनेटारबाट बसाइसराइ गरिसकेछ । अहिले कहाँ छन् भन्ने कुरा उहाँले पनि बताउन सक्नुभएन । तर परिवारको सम्पर्क नम्बर खोजेर दिने उहाँले प्रतिबद्धता गर्नुभयो ।
नभन्दै हप्ता दिनपछि उहाँले मलाई दुर्गाप्रसादकी श्रीमती इन्दिरा बास्कोटाकै मोबाइल नम्बर दिनुभयो । एक छिन् त इन्दिराको बोली रोकियो । असहज मान्दै भन्नुभयो ‘विदेश जानुभएको थियो, काम गर्ने क्रममा १२ तलाबाट खस्नुभएछ सर, उहाँ यो संसारमा हुनुहुन्न ।’ हतार हतार इन्दिरालाई फोन लगाएँ । तर कुराकानी गर्न त्यति सहज भएन । सुरुमा मैले व्यवसायिक परिचय नै दिएर सम्पर्क गर्दा पनि उहाँले फोन का’टिदिनुभयो । उहाँसँग जसरी पनि कुरा गर्नु थियो । पुनः फोन गरेँ ।
भनेँ – ‘तपाईँसँग एउटा कुरा सोध्न पर्नेछ, फोन नका’ट्नुहोस् प्लिज । अब भने उताबाट अलिक नरम जवाफ आयो ‘भन्नुहोस् न के कुरा हो ? मैले पनि ढिलो नगरी चुरो कुरो नै सोधिहाले ‘तपाईँ दुर्गाप्रसाद बास्कोटालाई चिन्नुहुन्छ ?’
इन्दिराले भन्नुभयो ‘मेरो श्रीमान् हो उहाँ, तर तपाईँले किन सोध्नुभएको ? मैले भने– अहिले कता हुनुहुन्छ ?
एक छिन् त इन्दिराको बोली रोकियो । असहज मान्दै भन्नुभयो ‘विदेश जानुभएको थियो, काम गर्ने क्रममा १२ तलाबाट खस्नुभएछ सर, उहाँ यो संसारमा हुनुहुन्न । वर्षौँ पहिलेको त्यो घा’उ फेरि को’ट्याउँदा मैले इन्दिराको मन दु’खाएँ भन्ने भान त भयो । तर पनि जानकारी लिन आवश्यक थियो । मैले दुर्गाप्रसादको घर, परिवार, कागजात लगायत धेरै कुराहरू सोधेँ । दुर्गाप्रसादको पासपोर्ट नम्बर पनि मागेँ । इन्दिराले हेरेर भन्छु भन्नुभयो ।
त्यसको करिब ३ घण्टाजति पछि उतैबाट फोन गरेर इन्दिराले आफ्नो श्रीमानको पासपोर्ट नम्बर टिपाउनुभयो । इन्दिराले टिपाएको पासपोर्ट नम्बर र कन्सुलर सेवा विभागबाट आएको पत्रमा उल्लेख भएको दुर्गाप्रसादको पासपोर्ट नम्बर दाँजेँ । पासपोर्ट नम्बर मिल्यो ।
अब भने मैले वर्षौँ अघि बेतेका उनका श्रीमानको पासपोर्ट नम्बर माग्नुको कारण इन्दिरालाई बताउन मिल्ने भयो ।
फोन गरेँ र भनेँ, तपाईँको श्रीमानको नाममा विदेशबाट पैसा आएको छ । तपाईँको श्रीमानले काम गरेकाे कम्पनीले पठाएको पैसा जिल्ला प्रशासन कार्यालय पाँचथरमै आइसकेको छ कागजात पु¥र्याएर पैसा लिन आउनुहोस् ।
कमाउन गएका श्रीमान् नै संसारमा नरहेपछि इन्दिरालाई लाग्यो अब श्रीमानले साँचेका सपना मैले पूरा गर्नपर्छ । २०७२ सालमा उहाँ घुमा’उनेटारबाट बालबच्चासहित झापा झर्नुभयो ।
मेरो कुरा सायद इन्दिरालाई पनि सपना झैँ लाग्यो कि । भक्का’निनुभयो । एक छिन् त अक्क न बक्क हुनुभयो । श्रीमानको कम्पनीबाट पैसा आएको कुरा सुनेपछि फोनमा आफ्ना सङ्घर्षहरू पोख्नुभयो ।
इन्दिराका अनुसार दुर्गाप्रसाद छोराछोरीलाई राम्रो बोर्डिङमा पढाउने सपना बोकेर २०६९ साल जेठ २३ गते कुवेत जानुभएको थियो । तर कुवेत पुगेको करिब १७ महिनापछि २०७० साल पुस ९ गते काम गर्दा गर्दै १२ तलबाट ख’सेर ज्या’न गयो ।
कमाउन गएका श्रीमान् नै संसारमा नरहेपछि इन्दिरालाई लाग्यो अब श्रीमानले साँचेका सपना मैले पूरा गर्नपर्छ । २०७२ सालमा उहाँ घुमाउनेटारबाट बालबच्चासहित झापा झर्नुभयो ।
वैदेशिक रोजगारीमा ज्यान गु’माउनेका परिवारले वैदेशिक रोजगार बोर्ड र बिमामार्फत पाउने रकमबाट उहाँले झापामा पाँच कठ्ठा जग्गा किन्नुभयो । त्यही रकमबाट छोराछोरीलाई बोर्डिङ स्कुलमा भर्ना गर्नुभयो ।
स्कुल शुल्क महँगो थियो । खान, बस्न र स्कुलको शुल्क पनि पु¥र्याउन इन्दिरालाई हम्मे हम्मे पर्न थाल्यो । केही समयपछि भने बालबच्चा पढ्ने स्कुलमै इन्दिराले पनि जागिर पाउनुभयो । शिशु कक्षामा बालबच्चाको रेखदेख गर्ने काम गरेरै इन्दिराले छोरालाई एसएलसीसम्म पढाउनुभयो । त्यसपछि भने उहाँ काठमाण्डौ हानिनुभयो । अहिले काठमाण्डौमै सानो घुम्ती पसल राखेर इन्दिरा छोराछोरी पढाउँदै गुजा’रा गरिरहनुभएको रहेछ ।
दुःखमा डुबिरहेका बेला पैसा आएको कुरा सुन्दा इन्दिरा कति रकम आयो भन्ने जान्न उत्सुक हुनुहुन्थ्यो । तर मैले जिल्ला प्रशासन कार्यालयमै कागजातसहित आएर बुझ्न अनुरोध गरेँ ।
चेक हातमा परेपछि छोरा र छोरीका लागि त्यो रकम जम्मा गर्ने प्रतिबद्धता समेत गर्नुभयो । छोराको हातमा चेक थमाउँदै भन्नुभयो ‘बाबु तैँले र बहिनीले बुवाको सपना पूरा गर्नु ।’
भोलिपल्ट इन्दिराका मामा जिल्ला प्रशासन कार्यालय आइपुग्नुभयो । उहाँको पनि चासो त आएको रकममा नै थियो । तर आप्रवासी स्रोत केन्द्रमार्फत हामीले उहाँलाई आवश्यक पर्ने कागजात र निवेदनका ढाँचाहरू दिएर पठायौँ । आएको रकमबारे जान्न भने आवश्यक कागजातसहित भान्जीलाई नै लिएर आउन अनुरोध गर्¥यौँ ।
२०७७ फागुन ३० गते इन्दिरा आफ्नो छोरासहित आवश्यक कागजात लिएर आप्रवासी स्रोत केन्द्र आइपुग्नुभयो । आप्रवासी स्रोत केन्द्रमार्फत मैले लेखा शाखामा आवश्यक समन्वय गरेँ । लेखा शाखाले भोलिपल्ट १ बजे आउन भन्यो ।
भोलिपल्ट २०७७ चैत १ गते इन्दिराको नाममा ९६ लाख १८ हजार ६ सय ७१ रुपैयाँको चेक लेखा शाखामार्फत इन्दिराको हातमा प¥र्यो । श्रीमान् बितेको ७ वर्षपछि कल्पनै नगरेको झण्डै एक करोड रुपैयाँको चेक हातमा पर्नु इन्दिराका
लागि दिउँसै देखेको सपना झैँ थियो । चेक हातमा परेपछि छोरा र छोरीका लागि त्यो रकम जम्मा गर्ने प्रतिबद्धता समेत गर्नुभयो । छोराको हातमा चेक थमाउँदै भन्नुभयो बाबु तैँले र बहिनीले बुवाको सपना पूरा गर्नु । उज्यालो अन्लाईन