२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

केशव स्थापितले जंगिँदै भने – ‘तपाईंको फेस नाइस छ, थुतुनो भएन’

बैशाख १६, काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले यौ न दु र्व्य व हा बारे प्रश्न गर्दा जंगिएका छन्। धुम्बाराहीस्थित नेशनल कलेजले काठमाडौंका

उम्मेदवारहरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमा स्थापित सहभागीको प्रश्नमा जं-गिएका हुन्। कार्यक्रममा सहभागी भावना राउतले ‘मी’टु’बारे प्रश्न गर्दा स्थापितले ‘युआर नाइस लेडी, तपाइँको थुतुनो ठीक छैन

भन्दै जवाफ फर्काएका थिए। भावनाले भनेकी थिइन्, ‘हामी सबैको भोट तपाईँलाई चाहिन्छ र तपाईँले जित्छु भन्ने आशा राख्नुहुन्छ भने ‘मी’टु’बारे जवाफ दिनुपर्छ। होइन अहिले यो कुरामा नबोलौ, नभनौं भनेर भएन।

किनभने महिला नै तपाईँको अफिसमा सुरक्षित छैनन् भने वृत्ति विकासका कुरा नगरिदिनुहोला यो तपाईँलाई सुहाउन पनि सुहाउँदैन। स्थापितले जवाफ दिँदै भने, जसलाई आ-रोप लगायो, त्यसलाई हामीले महारानी भन्थ्यौं।

हामीले प्रमाण मागेका थियौं। २५ वर्षसम्म द’बाउने हो। महिलाले जथाभाबी गर्न हुने। महिला आयोग छैन। म चुप्प लागेर बस्ने? म जतिको मान्छेलाई आरोप लगाउने? तपाइँहरुले जवाफ दिनुपर्‍यो। ह्वाट इज द प्रुफ? यूआर नाइस लेडी तपाँको थुतुनो ठीक छैन। छलफलमा भाग लिने यसरी हुन्छ।’

प्रश्नकर्ताले स्थापितलाई बोल्ने शैली ठीक नभएको जवाफ फर्काएकी थिइन्। ‘तपाइँले के बोल्नुभएको यस्तो? तपाइँले के शब्द प्रयोग गर्नुभएको? तपाइँ पब्लिक फोरममा हुनुहुन्छ। तपाइँको जवाफ दिने दायित्व हो।

उनले प्रमाणसहित प्रश्न गर्न आग्रह गर्दै पत्रिकाको भरमा आ-रोप नलाउन आग्रह गरे। के आधारमा प्रश्न गर्नुभयो बहिनीले? पेपरको भरमा आरोप लगाउने? यो बहिनीले बे,’श्या’वृ’त्ति गर्छ भनेर म पनि छपाउँ? दीस इज भेरी ब्याड।’

केशव स्थापित जंगिन थालेपछि कार्यक्रम सञ्चालकले रोक्ने प्रयास गरेका थिए। समिक्षा बाँस्कोटा स्वयंले पनि स्थापितलाई आश्वास्त पार्न खोजेकी थिइन्।

स्थापितको जवाफपछि दिक्क भएका राउतले सामाजिक सञ्जालमार्फत् भनेकी छन् । एमालेका महिला सांसद अधिकारकर्मीहरु, विन्ती अब महिला हकहितका लागि भन्दै सडक नआउनुहोला किनकि तपाईँको पार्टीभित्रको मौनताले दु’र्घटना निम्त्याएको छ।

२०७९ बैशाख १६, शुक्रबार प्रकाशित 1 Minute 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।