२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

चर्चित पत्रकार रबि लामिछानेको समर्थन बालेन शाहलाई ?

बैशाख १४, काठमाडौं : चर्चित प्रस्तोता रबि लामिछानेले काठमाडौं महानगरपालीकाको मेयरमा उम्मेद्वारी दिएका अन्य उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिएर कांग्रेस, एमाले र

बालेन शाहको त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘ठुला दल कांग्रेस र

एमाले एकातिर अनि विकल्प भन्दै वा खोज्दै राजनीति गरिरहेका अन्य दल र ब्यक्तीहरु अर्का तिर। जनताको म्यासेज क्लियर कट रूपमा देखिनकालागि पनि

काठमाडौँमा कांग्रेस र एमाले बाहेकका दल र उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएर स्वतन्त्र युवा उमेदवार बालेन शाहलाई समर्थन गरि त्रिपक्षिय भिडन्तका लागि मैदान खालि गरिदिन हुन म व्यक्तिगत रुपमा अनुरोध गर्दछु।’

रबि लामिछानेको स्टाटस-

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 1 Minute 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार