२०८० मंसिर २० बुधबार
  • काठमाडौँ

इन्डियन आइडल विजेता पवनदीप राजन काठमाडौं आइपुगे

काठमाडौं : इन्डियन आइडल–२०२१ विजेता पवनदीप राजन नेपाल आइपुगेका छन् । यही वैशाख ११ गते (भोलि) लर्ड अफ ड्रिंक्स (एलओडी)मा आफ्नो विशेष सांगीतिक प्रस्तुति

प्रस्तुत गर्नका लागि पवनदीप काठमाडौं आइपुगेका हुन् ।
शनिबार काठमाडौं आइपुगेका गायक पवनदीपले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यक्रममा बलिउड गीत र केही नेपाली गीत गाउने बताएका छन् ।

इन्डियन आइडल बन्नुमा नेपालीहरुको धेरै सपोर्ट रहेको उल्लेख गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘नेपालबाट पनि यति धेरै माया पाएको छु कि सबैलाई धन्यवाद । पहिलो पटक नेपाल आएको छु पर्फम गर्नका लागि ।

तपाईहरुलाई मनोरञ्जन दिन सक्दो कोसिस गर्नेछु ।’गायक पवनदीपको सांगितिक प्रस्तुति हेर्न उल्लेख्य संगीत पारखीहरुले टिकट लिएका आयोजकले बताइएको छ ।

रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीपको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ ।जानकारी अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ ।

२०७९ बैशाख १०, शनिबार प्रकाशित 0 Minutes 338 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।